आर्थिक

साझाका ३ बिजुली बस सञ्चालनमा, थप ३७ बस साउनमा आउने

काठमाडौँ । साझा यातायातले ३ वटा विद्युतीय बस सञ्चालनमा ल्याएको छ । ललितपुरको पुल्चोकमा रहेको साझा यातायात परिसरमा बिहीबार एक समारोहका बीच साझाका संस्थापक अध्यक्ष विश्वबन्धु थापाले विद्युतीय बस सेवाको शुभारम्भ गरेका हुन् । सञ्चालनमा आएका ३ मध्ये दुई ओटा बस नयाँ बसपार्क-बालाजु-रत्नपार्क-बानेश्वर हुँदै एयरपोर्ट रुटमा चल्नेछन् । एउटा बस लगनखेल-लैनचौर-बाँसवारी हुँदै बुढानीलकण्ड रुटमा चल्ने छ । यी तीनओटै बसमा चालक र सहचालक महिला रहने कम्पनीले जनाएको छ । विद्युतीय …

पुरा पढ्नुहॊस »

अर्थसचिव मरासिनी काममा फर्किए

काठमाडौँ । अर्थमन्त्रालयका सचिव मधुकुमार मरासिनी काममा फर्किएका छन् । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा नदिएसम्मका लागि भन्दै विदामा बसेका सचिव शर्माको राजीनामापछि बिहीबारबाट काममा फर्किएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्रालयको जिम्मेवारी लिएर काममा फर्किन मरासिनीलाई निर्देशन दिएपछि उनी काममा फर्किएको बुझिएको छ । बुधबार दिउँसोदेखि उनी बिदामा बसेका थिए । बिहीबार भने उनी कार्यालय आएका हुन् ।

पुरा पढ्नुहॊस »

सर्वोत्तम सिमेन्टलाई प्राधिकरणले थप ९ मेगावाट बिजुली दिने सम्झौता

काठमाडौँ । सर्वोत्तम सिमेन्ट लिमिटेड प्रालिले सिमेन्ट उत्पादनका लागि नेपाल विद्युत् प्राधिकरणबाट थप ९ मेगावाट विद्युत् प्राप्त गर्ने भएको छ । यस सम्बन्धमा १७ असारमा नेपाल विद्युत् प्राधिकरण र सर्वोत्तम सिमेन्टबीच विद्युत् खरिदबिक्री सम्झौता भएको हो । सम्झौतामा नेपाल विद्युत प्राधिकरणका तर्फबाट निर्देशक सच्चिदानन्द यादव र सर्वोत्तम सिमेन्ट लिमिटेडका तर्फबाट कम्पनी सचिव नवराज पौडेलले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार सर्वोत्तम सिमेन्ट लिमिटेडलाई हाल ८ मेगावाट विद्युत् प्रदान गरिरहेकोमा थप ९ …

पुरा पढ्नुहॊस »

हिमालयन र सिभिल बैंकबीच मर्जर सम्झौता हुने

काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकबीच मर्जरका लागि सम्झौता शुक्रबार हुने भएको छ । दुई बैंकको सञ्चालक समितिको बैठकले मर्जर सम्झौतालाई अनुमोदन गरेसँगै औपचारिक मर्जरसम्बन्धी सम्झौतामा हस्ताक्षर हुन लागेको हो । इन्भेस्टमेन्टले भने मेगा बैंकलाई गाभ्ने सहमति गरिसकेको छ । राष्ट्र बैंकले हिमालयनलाई एक वर्षको समय दिँदै अर्को वाणिज्य बैंकसँग मर्जर हुन निर्देशन दिएको थियो । मर्जरका लागि भएको प्रारम्भिक सहमतिअनुसार नयाँ बैंकमा सिभिल बैंकबाट कोही पनि सञ्चालक बन्ने …

पुरा पढ्नुहॊस »

सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको बजार भाउ तोक्दै सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले घटेको जानकारी दिएको हो । आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ६०० रुपैयाँ छ । हिजो पनि सुनको भाउ तोलामा १ हजार ६ सय रुपैयाँले घटेको थियो । तोलामा १० रुपैयाँले बढेर चाँदी आज १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

पुरा पढ्नुहॊस »

११ महिनामा १६६ मेट्रिकटन चाँदी आयात

काठमाडौं । नेपालमा ठूलो परिमाणमा चाँदी आयात हुने गरेको छ । चालू आर्थिक वर्षको पहिलो ११ महिनामा १६६ मेट्रिक टन चाँदीको आयात भएको छ । सो अवधिमा आयात भएको चाँदीको भन्सार मूल्य १५ अर्ब ७९ करोड रुपैयाँ रहेको छ ।

पुरा पढ्नुहॊस »

साझाका बिजुली बस आजदेखि काठमाडौँको सडकमा

काठमाडौँ । साझा यातायातले पहिलो चरणमा ल्याएका तीन वटा बिजुली बस आज बिहीबारदेखि काठमाडौँमा सञ्चालन हुनेछन् । पहिलो चरणमा ल्याइएका बिजुली बस परीक्षण गरेर नम्बर प्लेट र रुटसमेत लिएर सञ्चालनमा ल्याउन लागिएको हो । बिहीबार बिहान ११ बजे साझाको पुलचोकस्थित कार्यालयबाट ती बसहरूले औपचारिक रूपमा सेवा शुभारम्भ गर्नेछन् । यी बसमा महिला चालक र सहचालकको व्यवस्था गरिएको छ । चीनको नानजिंगस्थित सीएचटीसीएचओ कम्पनीको विद्युतीय बसको कारखानामा यी बस तयार भएका …

पुरा पढ्नुहॊस »

आजको विदेशी मुद्राको विनिमय दर कस्तो छ ?

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि एक अमेरिकी डलरको खरिददर १२६.५९ पैसा र विक्रीदर १२७.१९ पैसा तोकेको छ । पछिल्ला दिनमा अमेरिकी डलरको भाउ लगातार बढिरहेको छ । यस्तैगरी युरो १ को खरिददर १२९.३७ पैसा र विक्रीदर १२९.९९ रुपैयाँ तोकेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८६.१३ पैसा र विक्रीदर ८६.५४ पैसा रहेको छ भने जापानी येन १० को खरिददर ९.३६ पैसा र विक्रीदर ९.४० पैसा छ । …

पुरा पढ्नुहॊस »

सरकारद्वारा विश्व बैंकबाट प्राप्त हुने ५९.६ मिलियन ऋण स्वीकार

काठमाडाैँ । सरकारले विश्व बैंकबाट प्राप्त हुने ५९.६ मिलियन ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले खानेपानी क्षेत्रको सुशासन र पूर्वाधारका लागि प्राप्त हुने ५९.६ मिलियन ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको जानकारी दिए । बैठकले हरित ग्यास उत्सर्जन न्यूनीकरणका लागि प्राप्त हुने अमेरिकी डलर २१ मिलियन सहायता स्वीकार गर्ने निर्णय गरेको छ । बैठकले नेपाल प्रहरीमा क्षमता सहितको …

पुरा पढ्नुहॊस »

एनसेलको सामाजिक पहल रिङरोड ग्रीन बेल्टको उद्घाटन

काठमाडौँ । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत कोटेश्वरदेखि कलंकी सडक खण्डको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्दै आएको रिङरोड ग्रीन बेल्टको मंगलबार उद्घाटन गरिएको छ । एनसेलले वन तथा भू–संरक्षण विभागसँगको सहकार्यमा रिङरोडको कोटेश्वरदेखि कलंकी सडक खण्डमा हरियाली विकास, निर्माण तथा संरक्षण गर्दै आएको छ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, वन तथा भू–संरक्षण विभागका महानिर्देशक डा. राजेन्द्र केसी र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले …

पुरा पढ्नुहॊस »