आर्थिक

सात लाख करदाता थपिए

काठमाडाैँ । एक वर्षको अवधिमा करिब सात लाख करदाता थपिएका छन् । अर्थ मन्त्रालयका अनुसार २०७८ वैशाखदेखि २०७९ वैशाखसम्मको अवधिमा छ लाख ९२ हजार ७१८ करदाता औपचारिक रूपमा दर्ता भएका हुन् । मन्त्रालयको तथ्याङ्कअनुसार यो एक वर्षको अवधिमा एक लाख ९३ हजार ६३९ नयाँ करदाताले व्यावसायिक स्थायी लेखा नम्बर लिएका छन् । यससँगै हालसम्म व्यावसायिक स्थायी लेखा नम्बर लिएका करदाताको सङ्ख्या १७ लाख ७४ हजार पुगेको छ । यो अवधिमा …

पुरा पढ्नुहॊस »

लगानीकर्ता संघकी अध्यक्ष पोखरेलकाे प्रश्न- ‘भर्नर ज्यू, लगानीकर्ताको पीडामा कैलेसम्म रमिते बन्ने ?’

नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले गभर्नर महाप्रसाद अधिकारीलाई लगानीकर्ताको पीडा र समस्या सम्बोधन गर्न आग्रह गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमा शुक्रबार साँझ पत्र लेख्दै उनले बैंकको ऋण र ब्याज तिर्न नसक्ने अवस्थामा लगानीकर्ता पुगेको र बैंक वित्तीय संस्थाको त्रासका कारण सस्तैमा सेयर बेच्न लगानीकर्ता बाध्य बनिरहेको भन्दै उनले उक्त अवस्थाको सम्बोधन गर्न आग्रह गरेकी छन् । यस्तो छ अध्यक्ष पोखरेलले फेसबुकमार्फत लेखेको पत्र– गभर्नर ज्यू, नमस्कार …

पुरा पढ्नुहॊस »

एनसेलले ल्यायो आकर्षक ‘डबल मजा प्याक’

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले बिहीबार एक नौलो र आकर्षक डेटा अफर ‘डबल मजा प्याक’ ल्याएको जनाएको छ । यस अफरले ग्राहकलाई रु १२५ पर्ने डेटा प्याक पुनः खरिद गरि आफ्नो डेटा भोल्युम दोब्बर बनाउँदै अझ सुलभ दरमा डेटा सेवाको फाइदा लिन प्रोत्साहन गर्दछ । यसको मतलब यदि ग्राहकहरुले ७ दिनको समयसीमा रहेको ५ जीबी डेटा कर सहित रु १२५ मा खरिद गर्छन् र प्याकको समयसीमा सकिनु भन्दा पहिले नै …

पुरा पढ्नुहॊस »

नेप्से परिसूचक उच्च अङ्कले ओरालो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन शुक्रबार नेप्से परिसूचक ३४.७० अङ्कले ओरालो लागेर एक हजार ९९२.६२ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचक ५.६० अङ्कले ओरालो लागेर ३७९.८९ मा सीमित भएको छ । कूल २१७ कम्पनीको ३० लाख ६३ हजार ४७६ कित्ता शेयर एक अर्ब १६ करोड …

पुरा पढ्नुहॊस »

मेरो सेयर एप अब आईओएसमा पनि

काठमाडौं । केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) ले सञ्चालनमा ल्याएको मेरो सेयर एप अब आईओएसमा पनि उपलब्ध हुने भएको छ । सिडिएससीले आउने नयाँ आर्थिक वर्षबाट एप्पलका प्रयोगकर्ताले पनि डाउनलोड गर्न मिल्ने गरी आईओएसमार्फत उक्त एप उपलब्ध गराउने बताएको छ । यसअघि नै सिडिएससीले एन्ड्रोइड मोबाइल प्रयोगकर्ताका लागि उक्त एप सञ्चालनमा ल्याएको थियो । तर एप्पलका प्रयोगकर्ताले भने उक्त एप डाउनलोड गर्नबाट वञ्चित हुँदै आएका थिए । त्यसलाई मध्यनजर गर्दै सिडिएससीले …

पुरा पढ्नुहॊस »

सुनको मुल्य स्थिर, चाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुन प्रतितोला ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९४ हजार एक सय रुपैयाँ निर्धारण भएको छ । बिहीबार चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले घटेर ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । …

पुरा पढ्नुहॊस »

यस्तो छ विदेशी मुद्राको आजको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि एक अमेरिकी डलरको खरिददर १२६.३९ पैसा र विक्रीदर १२६.९९ पैसा तोकेको छ । पछिल्ला दिनमा अमेरिकी डलरको भाउ लगातार बढिरहेको छ । यस्तैगरी युरो १ को खरिददर १२९.०१ पैसा र विक्रीदर १२९..६२ रुपैयाँ तोकेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८६.४९ पैसा र विक्रीदर ८६.९० पैसा रहेको छ । जापानी येन १० को ९.३० पैसा रहेको छ । विक्रीदर ९.३४ पैसा …

पुरा पढ्नुहॊस »

अपर हेवाखोला हाइड्रोपावरको आइपीओ बिक्री खुला

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावरको आइपीओ शुक्रबारदेखि खुला भएको छ । सेयरमा २८ असारसम्म आवेदन दिन सकिनेछ । कम्पनीले १५ करोड रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । यसअनुसार प्रतिकित्ता १०० अंकित मूल्यका दरले १५ लाख कित्ता साधारण सेयर निष्कासन गरेको हो । ७५ हजार कित्ता सामूहिक लगानी कोष र ३० हजार कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको छ । बाँकी १३ लाख ९५ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् …

पुरा पढ्नुहॊस »

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य [सूचीसहित]

काठमाडाैँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको आजको मूल्य तोकेको छ । हेर्नुहोस्, यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची :

पुरा पढ्नुहॊस »

को बन्ला नयाँ अर्थमन्त्री ?

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले बुधबार राजीनामा गरेपछि अब अर्को अर्थमन्त्री को बन्छ भन्ने चर्चा शुरु भएको छ । अहिले प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्रालयको जिम्मेवारी आफैले सम्हालेका छन् । गठबन्धनमा माओवादी केन्द्रको भागमा रहेको अर्थमन्त्रालय प्रधानमन्त्री देउवाले आफुसँग राख्नुलाई पनि केहिले अर्थपूर्ण रुपमा ब्याख्या गरेका छन् । भने अर्को तर्फ माओवादी केन्द्रबाट अर्थमन्त्री बन्ने सूचीमा नारायणकाजी श्रेष्ठ र बर्षामान पुनको नाम अगाडी आएको छ । नारायणकाजी यसअघि परराष्ट्रमन्त्री भइसकेका नेता …

पुरा पढ्नुहॊस »