काठमाडौँ । अर्थमन्त्रालयका सचिव मधुकुमार मरासिनी काममा फर्किएका छन् । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा नदिएसम्मका लागि भन्दै विदामा बसेका सचिव शर्माको राजीनामापछि बिहीबारबाट काममा फर्किएका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्रालयको जिम्मेवारी लिएर काममा फर्किन मरासिनीलाई निर्देशन दिएपछि उनी काममा फर्किएको बुझिएको छ । बुधबार दिउँसोदेखि उनी बिदामा बसेका थिए । बिहीबार भने उनी कार्यालय आएका हुन् ।
तपाईंको प्रतिकृया




