आर्थिक

दैनिक साढे दुई अर्बभन्दा बढी रेमिट्यान्स भित्रिँदै

काठमाडाैँ । नेपालमा दैनिक साढे दुई अर्बभन्दा बढी रेमिट्यान्स भित्रिने गरेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार वैदेशिक रोजगारमा गएका युवाले दैनिक सरदर २ अर्ब ७४ करोड ५७ लाख रुपैयाँ नेपाल पठाउँदै आएका छन् । आर्थिक वर्ष २०७८/०७१ को ११ महिनामा ९ खर्ब ५ अर्ब ३८ करोड रुपैयाँ विदेशबाट नेपाल भित्रिएको छ । सबैभन्दा बढी फागुन, चैत, वैशाख र जेठ महिनामा बढी रेमिट्यान्स आएको छ । त्यसमध्ये पनि सबैभन्दा बढी …

पुरा पढ्नुहॊस »

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १२७ रुपैयाँ ४८ पैसा र बिक्री दर १२८ रुपैयाँ ०८ पैसा रहेको छ । युरो एकको खरिद दर १२९ रुपैयाँ ४२ पैसा र बिक्री दर १३० रुपैयाँ ०३ …

पुरा पढ्नुहॊस »

शेयर धितो कर्जामा खुकलो, घर जग्गामा कडाइ

काठमाडौं – घरजग्गाको कारोबारलाई अनुत्पादक क्षेत्रका रुपमा चित्रण गर्दै नेपाल राष्ट्र बैंकले त्यसमा प्रवाह हुने कर्जाको सीमा घटाएको छ । तर, चौतर्फी दबाबका आधारमा शेयर धितो कर्जाको प्रावधानमा भने केही खुकुलो नीति लिएको छ । आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमा न्यूनतम रु चार करोड र अधिकतम रु १२ करोडसम्म कर्जा लिन पाउने प्रावधान राखिएको थियो । त्यसलाई धेरैले ४/१२ को नीतिका रुपमा चित्रण गर्दै आएका थिए । चालु आवको …

पुरा पढ्नुहॊस »

उपत्यकामा २० किलोमिटरमाथि यात्रा गर्दा ४० रुपैयाँ भाडा

काठमाडौँ । सरकारले छोटो दूरीको सार्वजनिक सवारीसाधनको भाडा वृद्धि गरेको छ । बाग्मती प्रदेश सरकारअन्तर्गत श्रम रोजगार तथा यातायात मन्त्रालयले प्रदेशभित्र चल्ने सार्वजनिक सवारीसाधनको भाडा वृद्धि गरेको हो । नयाँ भाडादरअनुसार काठमाडौं उपत्यकामा बस चढ्नेबित्तिकै २० रुपैयाँ तिर्नुपर्ने यसअघिको प्रावधान यथावत् राखिएको छ । उपत्यकामा सुरुको दर अर्थात् पाँच किलोमिटरसम्मको गाडीभाडा २० रुपैयाँ नै कायम रहेको हो । १० किलोमिटरसम्मको भाडा भने २५ बाट २७ रुपैयाँ पुयाइएको छ । त्यस्तै, …

पुरा पढ्नुहॊस »

कतार विश्वकपका लागि नेपाली श्रमिक लैजान अनुमति

काठमाडाैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सन् २०२२ को नोभेम्बरदेखि कतारमा सुरु हुने विश्वकप फुटबल प्रतियोगिताका लागि नेपाली श्रमिक लैजान अनुमति दिएको छ । प्रतियोगिता अवधिभर कतारका विभिन्न कम्पनीले छोटो अवधिका लागि नेपाली श्रमिक लिन चाहेकाले मन्त्रालयले अनुमति दिएको हो । सो अवधिका लागि सरकारले नेपाली श्रमिक पठाउँदा सबै प्रक्रिया पूरा गरेर पठाउने निर्णयसमेत गरेको छ । काम नै छोटो अवधिका लागि पठाउने भएकाले उनीहरूको श्रम स्वीकृति प्रदान …

पुरा पढ्नुहॊस »

मौद्रिक नीति : घर-जग्गा कर्जामा कडाइ

काठमाडौं – नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत घर जग्गा कर्जामा कडाइ गरेको छ । घर जग्गामा जाने कर्जालाई नियन्त्रण गर्ने उद्देश्यले राष्ट्र बैंकले कडाइ गरेको हो । जसअनुसार अब घरजग्गा धितो राखेर ऋण लिनेले काठमाडौं उपत्यकामा मूल्यको बढीमा ३० प्रतिशत र काठमाडौं उपत्यका बाहिर ४० प्रतिशतसम्म मात्रै ऋण पाउने छन् । हालसम्म काठमाडौं उपत्यकामा ४० प्रतिशत र उपत्यकाबाहिर ५० प्रतिशतसम्म ऋण पाउने व्यवस्था थियो । भ्यालूएटरले चलनचल्ती र सरकारी मूल्यांकनलाई …

पुरा पढ्नुहॊस »

आर्थिक वृद्धिदर ८ प्रतिशत पुर्‍याउने र महँगी ७ प्रतिशतमा सीमित गर्ने लक्ष्य

काठमाडौँ । नेपाल राष्ट्र बैंकले कर्जामा भइरहेको केन्द्रीकरणलाई नियन्त्रण गर्ने लक्ष्यसहितको मौद्रिक नीति सार्वजनिक गरेको छ । शुक्रवार काठमाडौँमा मौद्रिक नीति सार्वजनिक सार्वजनिक गर्दै बैंकले आर्थिक वर्ष २०७९/८० मा निजी क्षेत्रतर्फको कर्जा विस्तार १२ दशमलव ६ प्रतिशतमा सीमित गर्ने लक्ष्य लिएको जनाएको हो । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोनाकालमा दिइएको कतिपय सुविधा क्रमशः हटाउँदै लैजाने र पुनःकर्जाको सुविधामा आवश्यक प्रबन्धमा केही संशोधन गरिएको जानकारी दिए । रुस र युक्रेन …

पुरा पढ्नुहॊस »

साताको अन्तिम दिन नेप्से सूचक घट्यो

काठमाडौं । सेयर बजारमा शुक्रबार नेप्से सूचक २७.२६ अंकले घटेको छ । शुक्रबार २ घन्टा खुलेको बजारमा नेप्से सूचक २७.२६ अंकले घटेर २०१७.४६ विन्दुमा अडिएको छ । १ अर्ब ४४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । मौद्रिक नीति कसिलो आउने तथा सेयर बजारका समस्या समाधान हुने हो वा होइन भन्ने आशंका जारी रहँदा बजारले नकारात्मक प्रतिक्रिया दिएको हो । मौद्रिक नीतिमा ४–१२ को समस्या सम्बोधन गरियो अनि जोखिमभार …

पुरा पढ्नुहॊस »

यस्तो छ आजको मुद्रा विनिमयदर

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारको विदेशी मुद्रा बिक्री विनिमयदर तय गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर १२७ रुपैयाँ ६२ पैसा र बिक्रीदर १२८ रुपैयाँ २२ पैसा रहेको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १३० रुपैयाँ ७ पैसा र बिक्रीदर १३० रुपैयाँ ६८ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७४ पैसा र बिक्रीदर ८८ रुपैयाँ १५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ८५ …

पुरा पढ्नुहॊस »

आज मौद्रिक नीति आउँदै

rast bank/आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

काठमाडौँ । चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक हुँदैछ । आज बिहान ८ बजेपछि नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठक बसेर पारित गरेपछि दिउँसो मौद्रिक नीति सार्वजनिक हुने राष्ट्र बैंकले जनाएको छ । राजनीतिक र आर्थिक दबाबका बीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो कार्यकालको तेस्रो मौद्रिक नीति शुक्रबार ल्याउँदै छन् । गत आर्थिक वर्षको असार मसान्तमै मौद्रिक नीति ल्याउने तयारी गरिसकेका गभर्नरले एक साता ढिलाइ गरेर शुक्रबार सार्वजनिक गर्ने …

पुरा पढ्नुहॊस »