आर्थीक

सेञ्चुरी कमर्सियल बैंकले ४० प्रतिशत हकप्रद निष्काशन गर्दै

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने वताएकाे छ । सो प्रयोजनको लागि बैंकले आगामी असार २७ गते कम्पनीको बुक क्लोज गर्ने निर्णय गरेको छ । साे निर्णय गत असार २ गते बसेको कम्पनीको २३४औँ सञ्चालक समितिको बैठकले गरेको हो । बैंकको सेयर रजिष्ट्रारमा सुन्धारमार हेको सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

पुरा पढ्नुहॊस »

भिबोर र लुम्बिनी मर्जपछिको एकिकृत कारोबार असार २५ बाट सुरु

काठमाडौं । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक र लुम्बिनी फाइनान्स मर्ज पछिको एकिकृत कारोबार असार २५ गतेबाट हुने भएको छ ।   मर्जर पछि लुम्बिनी बिकास बैंकको नामबाट यो संस्थाले कारोबार सुरु गर्ने भएको हो । भिबोरको १ सय कित्ता सेयर बराबर लुम्बिनीको ८० कित्ता हुने गरि मर्जर भएको थियो । मर्जरपछि बनेको संस्थाको चुक्ता पुँजी २ अर्ब २६ करोड पुगेको छ । राष्ट्रिय स्तरको बिकास बैंकको रुपमा रहेको यो संस्थाले …

पुरा पढ्नुहॊस »

डिसहोम प्राइभेट लिमिटेड कम्पनीबाट लिमिटेड कम्पनीमा परिवर्तन

काठमाडौं । टेलिभिजन सेवा प्रदायक कम्पनी डिस होमले सर्वसाधारणमा सेयर जारी गर्ने वताएकाे छ । डिस मिडिया प्रालिको नाममा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको कम्पनीभर्खरै  लिमिटेडमा परिवर्तन भएको हाे । डिस होमका महाप्रवन्धक कल्याण अधिकारीले डिस होम प्राइभेट लिमिटेड कम्पनीबाट लिमिटेड कम्पनीमा परिवर्तन भएको  जानकारी हामीलाई गराएका छन् । ‘हामी प्रालिबाट लिमिटेड कम्पनीमा परिवर्तन भएका छौ,’ अधिकारीले भने, ‘केही समय भित्र सर्वसाधारणलाई साधारण सेयर जारी गर्छौ ।’

पुरा पढ्नुहॊस »

राष्ट्रिय वाणिज्य बैंकको शाखा सर्लाहीको बलरामा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैक लिमिटेडको आफ्नो १७५ औं शाखा कार्यालय सर्लाही जिल्लाको बलरा नगरपालिकामा स्थापना गरेको छ । उक्त शाखाको उद्घाटन नेपाली कांग्रेसका नेता एवं सांसद डा.अमरेश कुमार सिंहले एक समारोहका बीच गरेका हुन् । सो समारोहमा प्रमुख अतिथि सांसद अमरेश कुमार सिंहले बिकासको लागि सबैभन्दा पहिले सम्पूर्ण स्थानीय तहमा बैंक आवश्यक भएको र बैंक भएपछि मात्र अन्य क्षेत्रको बिकास हुने बताए । सो कार्यक्रममा राष्ट्रिय वाणिज्य बैकका संचालक …

पुरा पढ्नुहॊस »

माछापुछ्रे बैंकका सल्यान शाखाद्धारा बृहत निःशुल्क स्वास्थ्य शिविर

काठमाडा ै ।  माछापुछ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (Corporate Social Responsibility) निर्वाह गर्ने यहिआषाढ ७ गते सारदा नगरपालिका ५ स्थित माल्नेटा, सल्यानमा बृहत निःश’ल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । उक्त स्वास्थ्य शिविर मार्फत ५३) भन्दा बढी बिरामीले स्वास्थ्य परिक्षण गराई करीव पाँच लाख बराबरको निःशुल्क औषधी समेत वितरण गरीएको थियो ।उक्त कार्यक्रम कान्तिप’र साम’दायिक अस्पताल प्रा.लि. को सहकार्यमा भएको थियो । यस बैकले नेपाल अधिराज्यभर छरिएर रहेका आफ्ना शाखा कार्यालय …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकको हकप्रद सेयर साउन ५ गतेदेखि

काठमाडौं । माछापुच्छ्रे बैंकको हकप्रद सेयर साउन ५ गतेदेखि निष्काशन हुने भएको छ । बैंकले १० कित्ता बराबर १.२ कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । भदौं ७ गतेसम्म आवेदन दिन सकिने हकप्रद सेयरको बिक्रि प्रबन्धकमा एनएमबी क्यापिटल नियुक्त भएको छ । बैंकले आफ्ना देशभरका शाखा र एनएमबी क्यापिटलको कार्यालयबाट आवेदन दिन सकिने जनाएको छ ।

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंक र यती डेभलपमेन्ट बैंकबीच एकिकृत

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र यती डेभलपमेण्ट बैंक लिमिटेड एक आपसमा गाभिएर बनेको महालक्ष्मी विकास बैंक लि.को एकिकृत कारोबार शुरु  भएको छ । आइतबार नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरन्जिवी नेपालले एक समारोहका बीच सो बैंकबीचको कारोबारको उद्घाटन गरेका छन् ।महालक्ष्मी विकास बैंक र यती डेभलपमेण्ट बैंक लि.गाभिए पछि बैंकको चुक्तापुँजी २ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । साथै, निक्षेप २४ अर्ब २१ करोड, कर्जा २० अर्ब २६ …

पुरा पढ्नुहॊस »

डिसहोमको आधा दर्जन च्यालन थप्दै

काठमाडौं । डिस मिडिया नेटवर्क (डिस होम)ले आफ्नै आधा दर्जन टीभी च्यानल थप गर्ने भएको छ । यसले हाइ डेफिनेशन (एचडी) च्यानल ल्याउन लागेको हो । दशैंसम्ममा मनोरञ्जनात्मक ६ वटा च्यानल ल्याउने तयारी भइरहेको छ डिसहोमले जानकारी दिएकाे छ । मल्टिपल टीभी नेटवर्कमार्फत थप टीभी च्यानल ल्याउन लागिएको हो । सञ्चार मन्त्रालयको यसको राजस्वसमेत तिरिसकिएको छ ।  नेपालमा अाफ्नाे ३५ प्रतिशतसम्मकाे बजार हिस्सा बनाउन सफल याे कम्पनीले अाफ्ना ग्राहकलाइ मनाेरन्जन दिन थप च्यानल ल्याउन …

पुरा पढ्नुहॊस »

सिभिल बैंकमा कर्मचारीको माग

काठमाडौं । सिभिल बैंकले बिभिन्न पदमा ६५ जना कर्मचारीको माग गरेको छ । बैंकले ब्राञ्ज म्यानेजरमा १० जना, रिलेशनसिप म्यानेजरमा १० जना, इन्टिग्रेटेड रिस्क अफिसर २ जना, रिलेशनसिप अफिसर १० जना,अपरेशन इन चार्ज ८ जना माग गरेको छ । त्यस्तै, बैंकले क्रेडिट कन्ट्रोल अफिसर ३ जना, चार्टर्ड एकाउन्टेन्ट ७ जना, लायबिलिटि एण्ड ट्रान्सजेक्सन बैंकिङको लागि ३ जना, माइक्रो बैंकिङको लागि १ जना, अपरेटिङ असिस्टेन्टमा ९ जना र डिजिटल बैंकिङ अफिसरमा …

पुरा पढ्नुहॊस »

देवः विकास बैंकको चितवनको माडीमा शाखा

देवः विकास बैंक लिमिटेडले दक्षिण चितवनको माडी नगरपालिका वडा नं। ३, वसन्तपुरमा शाखा कार्यालय खोलेको छ । शाखा कार्यालयको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले देशको श्रमशक्तिलाई स्वदेशमै उपयोग गर्न रोजगारका अवसरहरु सिर्जना गर्नुपर्ने र उद्यमशीलताको विकासका लागि बैंकले यस क्षेत्रमा शाखा विस्तार गरी राम्रो काम गरेको औल्याएका छन् । साथै , उनले निर्यातमुखी व्यवसायमा जोड दिंदै बैंकिङ सेवालाई गाउँ गाउँमा पुर्याउन सके मात्र समग्र देशको आर्थिक …

पुरा पढ्नुहॊस »