साझाका बिजुली बस आजदेखि काठमाडौँको सडकमा

काठमाडौँ । साझा यातायातले पहिलो चरणमा ल्याएका तीन वटा बिजुली बस आज बिहीबारदेखि काठमाडौँमा सञ्चालन हुनेछन् । पहिलो चरणमा ल्याइएका बिजुली बस परीक्षण गरेर नम्बर प्लेट र रुटसमेत लिएर सञ्चालनमा ल्याउन लागिएको हो ।

बिहीबार बिहान ११ बजे साझाको पुलचोकस्थित कार्यालयबाट ती बसहरूले औपचारिक रूपमा सेवा शुभारम्भ गर्नेछन् । यी बसमा महिला चालक र सहचालकको व्यवस्था गरिएको छ ।

चीनको नानजिंगस्थित सीएचटीसीएचओ कम्पनीको विद्युतीय बसको कारखानामा यी बस तयार भएका हुन् । सरकारकै बहुमत सेयर रहेको साझा यातायात सहकारीसँग अहिले ७४ वटा ठूला बस छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘इन्टर कलेज फुट्सल च्याम्पियनसिप’को प्रत्यक्ष प्रसारण एक्सन स्पोटर्सबाट हुने

काठमाडौं । अखिल नेपाल फुटवल संघको आयोजनामा हुन लागेको ‘इन्टर कलेज फुट्सल च्याम्पियनसिप’को प्रत्यक्ष प्रसारण …

प्रतिकृया दिनुहॊस