आर्थिक

माछापुच्छ्रे बैंकको मोबाइल बैंकिङ एप र वेवसाइटबाटै रेमिट्यान्स पाउन सकिने

काठमाडौँ । माछापुच्छ्रे बैंकले मोबाइल बैंकिङ एप र वेबसाइटमार्फत सजिलै रेमिट्यान्स पठाउन सक्ने सुविधा सञ्चालनमा ल्याएको छ । उक्त सुविधाअन्र्तगत ग्राहकले घरमै बसेर माछापुच्छ्रे बैंकको मोबाइल बैंकिङ एप वा वेबसाइटमार्फत अमेरिका र युरोपबाट नेपालमा रेमिट्यान्स पठाउन सकिने बैंकले जनाएको छ । अत्याधुनिक प्रविधियुक्त रेमिट्यान्स पठाउने सुविधाअन्र्तगत अमेरिका र युरोपमा रहेका आफन्तलाई नेपालमै बसेर रिक्वेष्ट रेमिटमार्फत रेमिट्यान्स पठाउन आग्रह गर्न सकिने छ । यस अन्तर्गत नेपालमा रहेका व्यक्तिले आफुलाई आवश्यक परेको …

पुरा पढ्नुहॊस »

नबिल बैंकले ल्यायो ‘नबिल जेन अल्फा’ : बाल एपबाटै खेल्दै, कमाउँदै र सिक्दै

काठमाडौँ । राष्ट्रिय बाल दिवसको अवसर पारेर नबिल बैंकले नेपालमै पहिलो पटक एपमा आधारित ‘नबिल जेन अल्फा’ स्किम सार्वजनिक गरेको छ । बैंकले बुधबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त स्किम सार्वजनिक गरेको हो । नबिल जेन अल्फाका ब्राण्ड एम्बासडर समाजसेवी प्रेन्सा रेग्मी, बैंकका अध्यक्ष उपेन्द्र पौड्याल, प्रमुख कार्यकारी अधिकृत ९सीईओ० ज्ञानेन्द्र प्रसाद ढुङ्गानालगायतको उपस्थितिमा उक्त स्किम सार्वजनिक गरिएको हो । बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले एपले बालबालिकालाई वित्तीय साक्षरता उपलब्ध …

पुरा पढ्नुहॊस »

ब्रोडवे इन्फोसिसले आइसिटी अवार्डमा ट्रेनिंङ पार्टनरको रुपमा सहकार्य गर्ने

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित ‘आइसिटी अवार्ड’को सातौं संस्करणका लागि ट्रेनिंङ पार्टनरको रुपमा ब्रोडवे इन्फोसिस रहने भएको छ । मंगलबार ब्रोडवे इन्फोसिस सिइओ राजु अधिकारी र आइसिटी अवार्डका संयोजक राजन लम्सालबिच समझदारीपत्रमा हस्ताक्षर भएको हो । आइसिटी अवार्ड २०२२ को ‘ट्रेनिंङ पार्टनरको’को रुपमा ब्रोडवेले अवार्डमा सहभागी विद्यार्थीको लागि डिजिटल स्किल डेभलपमेन्टको लागि पनि सहयोग गर्नेछ । ब्रोडवे इन्फोसिस अग्रणी आइटी ट्रेनिंङ कम्पनी हो, जसले सन् २००८ देखि …

पुरा पढ्नुहॊस »

सेयर बजारमा उछाल, ४७ अंकले बजार बढ्दा झण्डै डेढ अर्बको कारोबार

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्से करिब साढे २ प्रतिशतले वृद्धि भएको छ । बुधबार बजार परिसूचक नेप्से ४७.४४ अंकले वृद्धि हुँदा १९८१.४८ अंकमा बन्द भएको छ । गत साताबाट लगातार ६ कारोबरा दिनसम्म घटेर करिब १९०० को बिन्दु नजिक झरेको नेप्से २८ भदौ मंगलबारबाट भने सुधार भएको छ । नेप्से २८ भदौ मंगलबार दोहोरो अंकले वृद्धि हुँदा आज लगातार दोस्रो दिन पनि हरियाली छाएको …

पुरा पढ्नुहॊस »

टीभीएसको ‘कायापलट’ अफरमा ग्राहकले जिते लाखौँको नगद उपहार

काठमाडौं । जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै सार्वजनिक गरेको ‘कायापलट’ नामको अफरमा ग्राहकले विभिन्न पुरस्कार प्राप्त गरेका छन् । उक्त अफरको आठौँ दिनमा धापासीका भुजेन्द्र सरुमगरले १०० प्रतिशत क्यासब्याक पाएका छन् । मगरले बौद्ध, टुसालको अटो साउन्ड ट्रेडर्स प्रालिबाट एन्टर्क १२५ रिएफआई स्कुटर खरिद गर्दा १०० प्रतिशत क्यासब्याक पाएका हुन् । यस्तै, स्याङ्जाका ईमबहादुर गुरुङले बुटवलको बालाजी अटोमोबाइल्सबाट एन्टर्क १२५ एफआई स्कुटर खरिद गरेर एक लाख चार हजार रुपैयाँ क्यासब्याक …

पुरा पढ्नुहॊस »

अशोक लेल्यान्डको चाडपर्व अफर

काठमाडौं । आइएमई मोटर्सले दसैँ र तिहारलाई लक्षित गरी अशोक लेल्यान्ड गाडीहरू खरिदमा ‘हर्षको बहार : लैजानुहोस् छानीछानी उपहार’ अफर ल्याएको छ । अफरअन्तर्गत साना दोस्त गाडीको खरिदमा ल्यापटप अथवा सुन र मोबाइल फोन अथवा दुईजानले थाइल्यान्ड टुर प्राप्त गर्नेछन् । आईसीभी/ट्रक/टिपर/ आईसीभी बसको खरिदमा राफ्ट जिस्पा इलेक्ट्रिक स्कुटर अथवा सुन अथवा दुईजानाले सिंगापुर टुर प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ । एम एण्ड एचसीभी/ट्रक/टिपर/एमडीभी बसमा राफ्ट जिस्पा इलेक्ट्रिक स्कुटर अथवा …

पुरा पढ्नुहॊस »

नेपाली बजारमा १२५ सीसीको नयाँ सुपर स्प्लेन्डर

काठमाडौं । मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी हिरो मोटोकर्पले नेपालमा नयाँ सुपर स्प्लेन्डर सार्वजनिक गरेको छ । प्रिमियम बोल्ड डिजाइन र नवीनतम प्रविधिका साथ नयाँ हिरो सुपर स्प्लेन्डर नेपाली बजारमा भित्रिएको हो । यसमा नयाँ डीजी–एनालग क्लस्टर, इन्टिग्रेटेड यूएसबी चार्जर, साइड–स्ट्यान्ड इन्जिन कट–अफ र रिफ्रेस लुकजस्ता रोमाञ्चक नयाँ सुविधाहरूले पावर–प्याक गरिएको बताइएको छ । यो मोटरसाइकल देशभरका हिरो मोटोकर्पका डिलरसिपहरूमा दुई लाख ६६ हजारमा उपलब्ध हुने बताइएको छ । हिरो …

पुरा पढ्नुहॊस »

दराजको दशैँ अफर : १० हजारसम्मको भौचर, ७० प्रतिशतसम्म मेगा डिल र स्कुटर

काठमाडाैँ । अनलाइन बजार दराजले आफ्नो वार्षिक दशैं धमाका अभियानको घोषणा गरेको छ। कम्पनीले यही भदौ २९ बाट अभियान सुरु गरेको हो। गत वर्षको तुलनामा यो अभियान ठूलो र भव्य हुने कम्पनीले जनाएको छ। यसका मुख्य विशेषताहरूमा ७० प्रतिशतसम्मको मेगा डिल, निःशुल्क शिपिङ, २५ सय रुपैयाँसम्मको प्रिपेमेन्ट छुट, १० हजार रुपैयाँसम्मको मेगा भौचर, खेल एक रुपैयाँको र बम्पर उपहारको रूपमा एनआईयू इलेक्ट्रिक स्कुटर जित्ने मौका रहेको छ। कार्ड प्रिपेमेन्ट छुटको …

पुरा पढ्नुहॊस »

सिक्लेस हाइड्रोपावरको आईपीओ खुल्यो

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनीले बुधबारबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता आईपीओ जारी गरेको हो । यसमध्ये ५७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र ३४ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १० लाख ५८ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

पुरा पढ्नुहॊस »

दशैंका लागि आजदेखि नयाँ नोट साट्न पाइने

काठमाडौं । दशैंका लागि आजबाट नयाँ नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले दशैंका लागि बुधबारबाट नयाँ नोट साट्न थालेको हो । बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालयबाट बुधबारदेखि नयाँ नोट साट्न थालिएको छ । एक व्यक्तिले १८ हजार ५ सयसम्म साट्न पाउने छन् । जसमा ५, १०, २०, ५० र १०० दरका हुनेछन् । राष्ट्र बैंकले बुधबारबाट नयाँ नोट साट्न थाले पनि अन्य बैंक तथा वित्तीय संस्थाले भने २ …

पुरा पढ्नुहॊस »