नबिल बैंकले ल्यायो ‘नबिल जेन अल्फा’ : बाल एपबाटै खेल्दै, कमाउँदै र सिक्दै

काठमाडौँ । राष्ट्रिय बाल दिवसको अवसर पारेर नबिल बैंकले नेपालमै पहिलो पटक एपमा आधारित ‘नबिल जेन अल्फा’ स्किम सार्वजनिक गरेको छ । बैंकले बुधबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त स्किम सार्वजनिक गरेको हो ।

नबिल जेन अल्फाका ब्राण्ड एम्बासडर समाजसेवी प्रेन्सा रेग्मी, बैंकका अध्यक्ष उपेन्द्र पौड्याल, प्रमुख कार्यकारी अधिकृत ९सीईओ० ज्ञानेन्द्र प्रसाद ढुङ्गानालगायतको उपस्थितिमा उक्त स्किम सार्वजनिक गरिएको हो ।

बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले एपले बालबालिकालाई वित्तीय साक्षरता उपलब्ध गराउने बताए । ‘मोबाइलमा गेम मात्र खेलेर बिताउने बालबालिकालाई नयाँ कुरा सिक्न एपले मद्दत गर्नेछ,’ पौड्यालले भने, ‘एप मार्फत बच्चाहरुले सानो उमेरदेखि पैसाको महत्त्व बुझ्नेछन् ।’

एप सार्वजनिक कार्यक्रममा सीईओ ढुङ्गानाले बालबालिकालाई वित्तीय साक्षरता सिकाउने उद्देश्यले जेन अल्फा बचत खाता बाल दिवसको अवसरमा सार्वजनिक गरिएको बताए । ‘घरमा रहेको खुत्रुकेमा बालबालिकाले राखेको पैसा जेन अल्फामार्फत डिजिटल खुत्रुकेमा राख्न सक्छन्,’ ढुङ्गानाले बताए, ‘बालबालिकाले यस एप मार्फत खेल्दै पैसा बचत गर्न सिक्नेछन् ।’

‘नबिल जेन अल्फा’ १८ वर्षभन्दा मुनिका बालबालिकाहरु र अभिभावकलाई लक्षित गरी ल्याइएको नेपालकै पहिलो डिजिटल एपमा आधारित खाता हो । बैंकका अनुसार अभिभावकले यस एपमार्फत आफ्ना बालबालिकाहरूका लागि दैनिक कार्यहरू सिर्जना गर्न, सेट गर्न र तोक्न सक्छन् । बालबालिकाले पनि दिइएको कार्य सम्पादनपछि अङ्क कमाउन सक्छन् र त्यही अङ्क लिङ्क गरिएको खातामा पैसाका रूपमा बचत हुने प्रावधान रहेको छ । यो स्किम मार्फत बालबालिकालाई जीवन सीप र बचतको महत्त्व सिकाउने तथा अभिभावकहरूको दैनिकीमा सहजता ल्याउने लक्ष्य बैंकले लिएको छ ।

कार्यक्रममा बैंकका वरिष्ठ डेपुटी सीईओ सुजित कुमार शाक्यले जेन अल्फा नबिलले परिकल्पना गरेको नयाँ पुस्तालाई समृद्ध बनाउने बचत खाता भएको बताए । ‘बच्चाहरुको मोबाइल समयलाई सकारात्मक र केही सिक्न एपले सहयोगी भूमिका खेल्नेछ,’ शाक्यले भने ।

अभिभावक सङ्घका अध्यक्ष सुप्रभात भण्डारीले नबिल बैंकले बाल दिवसको दिन बालबालिकालाई केन्द्रित गरेर जेन अल्फा ल्याएको र वित्तीय साक्षरता सिकाउने काम धेरै महत्त्वपूर्ण भएको बताए । जेन अल्फाको ब्राण्ड एम्बासडर प्रेन्सा रेग्मीले जेन अल्फाले आफूहरूजस्ता बालबालिकाले मोबाइलबाट खेल्ने मात्र नभएर नयाँ कुरा सिक्ने र बचत गर्ने बानीको विकास गर्न सक्ने बताइन् ।

जेन अल्फाको ब्राण्ड एम्बासडर प्रेन्सा रेग्मीले जेन अल्फाले आफूहरूजस्ता बालबालिकाले मोबाइलबाट खेल्ने मात्र नभएर नयाँ कुरा सिक्ने र बचत गर्ने बानीको विकास गर्न सक्ने बताइन् । नबिल जेन अल्फा बचत खाताबाट बालबालिकाहरूलाई आफ्नो पढाइका साथसाथै दैनिक जीवनमा अति आवश्यक पर्ने कामकाज, पारिवारिक संस्कार तथा आफ्नो जिम्मेवारी बोधका साथै त्यसतर्फ उत्प्रेरित गराउन विशेष भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

बैंकका अनुसार यस योजनाअन्तर्गत नबिल बैंकमा खाता भएका तथा नयाँ खाता खोल्ने ग्राहक वर्गले खाताबाट तोकिएको रकम स्वचालित रूपमा बालबालिकाको खातामा रकमान्तर, बालबालिकाको खातामा रहेको रकमबाट समय समयमा मुद्दती खातामा जम्मा तथा बालबालिकाहरूलाई नबिल जेन अल्फा मोबाइल एपको माध्यमबाट काम र लक्ष्य यकिन गरी जिम्मेवारी दिन सकिने तथा काम र लक्ष्य प्राप्ति पश्चात् पुरस्कृत पनि गर्न सकिने जस्ता सुविधाहरू रहेको जनाएको छ ।

बैंकका अनुसार नेपाली रुपैयाँमा खोलिने नबिल जेन अल्फा बचत खातामा १८ वर्षसम्मका बालबालिका समाहित हुन सक्नेछन् । नबिल जेन अल्फा मोबाइल एप, प्ले स्टोर तथा एप्पल स्टोरबाट डाउनलोड गर्न सकिनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री