काठमाडौं । जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै सार्वजनिक गरेको ‘कायापलट’ नामको अफरमा ग्राहकले विभिन्न पुरस्कार प्राप्त गरेका छन् ।
उक्त अफरको आठौँ दिनमा धापासीका भुजेन्द्र सरुमगरले १०० प्रतिशत क्यासब्याक पाएका छन् । मगरले बौद्ध, टुसालको अटो साउन्ड ट्रेडर्स प्रालिबाट एन्टर्क १२५ रिएफआई स्कुटर खरिद गर्दा १०० प्रतिशत क्यासब्याक पाएका हुन् ।
यस्तै, स्याङ्जाका ईमबहादुर गुरुङले बुटवलको बालाजी अटोमोबाइल्सबाट एन्टर्क १२५ एफआई स्कुटर खरिद गरेर एक लाख चार हजार रुपैयाँ क्यासब्याक पाएका छन् ।
ललितपुरका असनकुमार राईले बालकुमारीको न्याब इन्जिनियरिङबाट एन्टर्क १२५ एफआई स्कुटर खरिद गरेर २६ हजार रुपैयाँ हात पारेका छन् ।
उक्त अफरबारे सोधपुछ गर्ने आठ ग्राहकले रेल्मी सी ३० स्मार्टफोन जितेका छन् । कम्पनीका अनुसार अफरमा ग्राहकले टीभीएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँचपटकसम्म आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् ।




