माछापुच्छ्रे बैंकको मोबाइल बैंकिङ एप र वेवसाइटबाटै रेमिट्यान्स पाउन सकिने

काठमाडौँ । माछापुच्छ्रे बैंकले मोबाइल बैंकिङ एप र वेबसाइटमार्फत सजिलै रेमिट्यान्स पठाउन सक्ने सुविधा सञ्चालनमा ल्याएको छ । उक्त सुविधाअन्र्तगत ग्राहकले घरमै बसेर माछापुच्छ्रे बैंकको मोबाइल बैंकिङ एप वा वेबसाइटमार्फत अमेरिका र युरोपबाट नेपालमा रेमिट्यान्स पठाउन सकिने बैंकले जनाएको छ ।

अत्याधुनिक प्रविधियुक्त रेमिट्यान्स पठाउने सुविधाअन्र्तगत अमेरिका र युरोपमा रहेका आफन्तलाई नेपालमै बसेर रिक्वेष्ट रेमिटमार्फत रेमिट्यान्स पठाउन आग्रह गर्न सकिने छ ।

यस अन्तर्गत नेपालमा रहेका व्यक्तिले आफुलाई आवश्यक परेको रकम विदेशस्थित आफन्तलाई पठाउन आग्रह गर्दै बैंकको लिंक पठाउन सक्नेछन् । उक्त लिंकमा गएर विदेशमा रहेका नेपालीले सजिलै रेमिट्यान्स नेपाल पठाउन सक्नेछन् । यो सुविधाअनुसार विदेशमा रहेका नेपालीले क्रेडिट कार्ड, डेबिट कार्ड, बैंक डिपोजिट र ट्रान्सफर प्रयोग गरेर पनि रेमिट्यान्स पठाउन सक्नेछन् ।

विज्ञान र प्रविधिले हरेक सेवा र सुविधा सहज बनाई रहेको अहिलेको परिवेशमा अमेरिका, युरोप तथा नेपालमा बसेका ग्राहकले बिना झन्झट एकै क्लिकमा घरमै बसेर रेमिट्यान्स सुविधा लिन सक्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार रेमिट्यान्स पठाउने र पाउने दुवैले यो सुविधाको उपयोग गर्न सक्ने र हालका लागि अमेरिका तथा युरोपमा रहेका नागरिकले मात्रै यो सुविधा पाउने छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आज सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको भाउ बढेको छ । मंगलबार छापावाला सुन प्रतितोला …

प्रतिकृया दिनुहॊस