आर्थिक

अग्नि ग्रुपले सिन्धुलीमा पनि सार्वजनिक गर्‍यो महिन्द्राको ट्रियो इलेक्ट्रिक अटो

काठमाडाैं । महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी) ले ट्रियो इलेक्ट्रिक अटो यही फागुन ७ गते सिन्धुलीमा सार्वजनिक गरेको छ। अग्नि ग्रुपअन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)का आधिकारिक विक्रेता इनर्जी प्रालिले कमलामाई नगरपालिका –६ राम्माडी, सिन्धुलीमा ट्रियो इलेक्ट्रिक अटो सिन्धुलीका नगर प्रमुख मेयर उपेन्द्र कुमार पोखरेल, उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठका साथै अग्नि ग्रुपका प्रतिनिधिहरुको उपस्थितिमा सार्वजनिक गरेको हो। सोही अवसरमा ५ जना ग्राहकलाई …

पुरा पढ्नुहॊस »

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, कसको कारोबार कस्तो ?

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३ दशमलव ६० अङ्कले ओरालो लागेर दुई हजार ४६ दशमलव ८१ मा सीमित भएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ९१ अङ्कले ओरालो लागेर तीन सय ९१ दशमलव ५३ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको …

पुरा पढ्नुहॊस »

मनकामना दर्शन प्रालिद्वारा गाउँपालिकालाई ट्रयाक्टर र ट्रेलर सहयोग

काठमाडौँ । व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तरगत मनकामना दर्शन प्रालिले लखन गाउँपालिकालाई ट्रयाक्टर र हाइड्रोलिक ट्रेलर सहयोग गरेको छ । गाउँपालिकाको वडा नं. २ र ३ को फोहोर व्यवस्थापनका लागि भनेर कम्पनीका निर्देशक राजेश बाबु श्रेष्ठले गाउँपालिका अध्यक्ष रमेश बाबु थापालाई ट्रयाक्टर र हाइड्रोलिक ट्रेलर हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, वडा नं.२, ३ र ४ का वडाध्यक्ष, फोहोरमैला व्यवस्थापनका समितिका अध्यक्ष तथा सदस्यहरूको लगायत कम्पनीका कर्मचारीहरूको सहभागिता थियो …

पुरा पढ्नुहॊस »

एनआइसी एशिया लघुवित्तको अध्यक्षमा राठी र सञ्चालकमा भारी नियुक्त

काठमाडाैं । एनआइसी एशिया लघुवित्तको सञ्चालक समितिको अध्यक्षमा सन्तोष कुमार राठी र संस्थापक समूहको प्रतिनिधि सञ्चालकमा दिनेश भारी नियुक्त भएका छन् । एनआइसी एशिया लघुवित्तको संस्थापक एनआइसी एशिया बैंकको फागुन ८ गते बसेको सञ्चालक समितिको १६६औं बैठकले उक्त निर्णय गरेको हो । यस अघि उक्त पदमा सञ्चालकहरू कपिल ढकाल र प्रकाश बराल संस्थापक समूहमा संस्थापक एनआइसी एशिया बैंकको तर्फबाट प्रतिनिधित्व गर्दै आइरहेका थिए । नवनियुक्त अध्यक्ष सन्तोष कुमार राठीले फागुन …

पुरा पढ्नुहॊस »

सहकारीले पैसा हिनामिना गर्न खोजेको भन्दै बचतकर्ता आन्दोलित

काठमाडौँ । कैलालीको धनगढीस्थित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ता आफ्नो निक्षेप फिर्ता माग्दै आन्दोलनमा उत्रिएका छन् । आफूहरूले बचत गरेको पैसा सहकारीले हिनामिना गर्न खोजेको बचतकर्ताको आरोप छ । निक्षेप फिर्ता पाउन बचतकर्ता सङ्घर्ष समिति गठनसमेत गरिएको छ । उनीहरूले रकम फिर्ता गराउनका लागि जिल्ला प्रशासन कार्यालयसँग समेत आग्रह गरेका छन् । धनगढी उपमहानगरपालिका–८, धनगढी गाउँका बचतकर्ता सन्तराम रानाले आफूहरूले खाइनखाई बचत गरेको निक्षेप फिर्ता नपाउने अवस्था आएको बताए । …

पुरा पढ्नुहॊस »

सोमबार सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक लाख तीन हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो । आज तेजाबी सुन तोलामा एक लाख दुई हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि स्थिर छ । आज चाँदी तोलामा एक हजार २९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको …

पुरा पढ्नुहॊस »

कर्पोरेट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्नका लागि सेयरधनीहरुका लागि ८ फागुन अर्थात सोमबार अन्तिम दिनसम्म समय ताेकिएकाे छ । साथै, यस कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनार्थ फागुन १० गते बुक क्लोज गर्नेछ भने कर्पोरेट डेभलपमेन्ट बैंकले २२ फागुनका लागि बार्षिक साधारण सभासमेत बोलाएको छ । साधारणा सभामा गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२६ प्रतिशत नगद गरी कुल ५.२६ प्रतिशत लाभांश वितरण …

पुरा पढ्नुहॊस »

काठमाडौंमा बिल्डकन एक्स्पो हुने

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा निर्माण उपकरणसम्बन्धी मेला बिल्डकन एक्स्पो हुने भएको छ । यही फागुन ११ गतेदेखि नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी तथा नेपाल हाउजिङ एण्ड इनभेष्टमेन्ट एक्स्पो, नेपाल हेवी इक्विपमेन्ट एण्ड कन्स्ट्रक्सन एक्स्पो हुने भएको हो । फागुन १४ गतेसम्म सञ्चालन हुने मेला मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिले संयुक्तरूपमा गर्न लागेका हुन् । मेलामा विभिन्न देशका तीन सयभन्दा बढी ब्राण्डका दुई सयभन्दा बढी स्टल …

पुरा पढ्नुहॊस »

अब एक हजारमै मोबाइलको डिस्प्ले परिवर्तन

काठमाडौं । मोबाइल फोन मर्मतसम्बन्धी सेवा सञ्चालन गर्दै आएको न्युरोडस्थित ताम्राकार कम्प्लेक्सस्थित इजी मोबाइल केयर प्रालिले नेपालमै पहिलोपटक नौ सय ९९ रुपैयाँमा मोबाइल फोनको डिस्प्लेको टच फेर्ने सुविधा ल्याएको हो । सोअन्तर्गत चीन तथा कोरियामा निर्मित अत्याधुनिक मेसिन तथा प्रविधिको माध्यमबाट आइफोन, शाओमी, सामसुङ, वानप्लस, ओपो, भिभो, रियलमी, इनफिनिक्स, नार्जोलगायत २६ भन्दा बढी ब्राण्डका छ सयभन्दा बढी मोडलका बिग्रिएका मोबाइलको ‘एलसिडी टच फेर्न’ सकिनेछ । इजी मोबाइल केयरका सञ्चालक सञ्जित …

पुरा पढ्नुहॊस »

सेयर बजार बन्द

काठमाडौं । सेयर बजार आज आइतबार बन्द हुने भएको छ । सरकारले फागुन ७ गते आइतबार प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक विदा दिएकोले आज नेप्से पनि बन्द हुने भएको हो । अब बजार सोमबार बिहान ११ बजे मात्र खुल्नेछ ।  

पुरा पढ्नुहॊस »