मनकामना दर्शन प्रालिद्वारा गाउँपालिकालाई ट्रयाक्टर र ट्रेलर सहयोग

काठमाडौँ । व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तरगत मनकामना दर्शन प्रालिले लखन गाउँपालिकालाई ट्रयाक्टर र हाइड्रोलिक ट्रेलर सहयोग गरेको छ ।

गाउँपालिकाको वडा नं. २ र ३ को फोहोर व्यवस्थापनका लागि भनेर कम्पनीका निर्देशक राजेश बाबु श्रेष्ठले गाउँपालिका अध्यक्ष रमेश बाबु थापालाई ट्रयाक्टर र हाइड्रोलिक ट्रेलर हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, वडा नं.२, ३ र ४ का वडाध्यक्ष, फोहोरमैला व्यवस्थापनका समितिका अध्यक्ष तथा सदस्यहरूको लगायत कम्पनीका कर्मचारीहरूको सहभागिता थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

क्रिकेटलक्षित डिशहोम फाइबरनेटको ७२ घण्टे नयाँ अफर

काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकपमा नेपालले समूह चरणअन्तर्गत भोलि शनिबार बिहान ५ः१५ बजे साउथ …

प्रतिकृया दिनुहॊस