आर्थिक

पहाडी क्षेत्रमा मूल्य वृद्धिको चाप बढी

काठमाडौँ । पहाडी क्षेत्रमा मूल्य वृद्धिको चाप परेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको विवरणअनुसार पहाडी क्षेत्रमा उपभोक्ता मुद्रास्फिति सात दशमलव ३० प्रतिशत बराबर रहेको छ । समीक्षा अवधिमा काठमाडौँ उपत्यकामा छ दशमलव ९३ प्रतिशत, तराईमा सात दशमलव ४९ प्रतिशत, पहाडमा सात दशमलव ३० प्रतिशत र हिमालमा छ दशमलव ६९ प्रतिशत मुद्रास्फीति रहेको छ ।बैंकका  अनुसार २०७८ को पुस महिनामा यी क्षेत्रमा क्रमशः पाँच …

पुरा पढ्नुहॊस »

यस्तो छ हरियो तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । मंगलबार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २५० रुपैयाँ, हरियो अंगुर १५० रुपैयाँ, नेपाली सुन्तला १६० रुपैयाँ तथा अनार, किवि र आभोकाडो ३०० रुपैयाँ, केरा दर्जनको १४० रुपैयाँ, अमला ६० रुपैयाँ र अम्बा १२० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार नेपाली ठूलो गोलभेडा ४० रुपैयाँ, अदुवा ९० रुपैयाँ, रातो आलु २५ रुपैया, सेतो आलु र स्थानीय काउली २० रुपैयाँ, कागती १२० रुपैयाँ, …

पुरा पढ्नुहॊस »

सरकारले बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएकाे छ । निगमले जारी गरेको विज्ञप्ति अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर ३ रुपैयाँका दरले मूल्य बढाइएको हो । निगमले मूल्य बढाएसँगै पेट्रोल साबिकको मूल्य प्रतिलिटर १७५ रुपैयाँ रहेकोमा अब १७८ पुगेको छ भने डिजेल र मट्टितेलको समान मूल्य प्रतिलिटर १७२ रुपैयाँ रहेकोमा अब १७५ पुगेको छ । निगमले अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यमा आएको उतार चढावले …

पुरा पढ्नुहॊस »

अन्तर्राष्ट्रिय रेमिट्यान्स सम्मेलन हुने

काठमाडौं । नेपाल मुद्रा विप्रेषक संघले नेपालमा नै अन्तर्राष्ट्रिय रेमिट्यान्स सम्मेलन गर्ने भएको छ । संघको प्रतिनिधिमण्डलले आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग भेट गरी सम्मेलनबारे जानकारी गराएको छ । संघका अध्यक्ष चन्द्र टण्डनले मुद्रा विप्रेषक संघले निकट भविष्यमै नेपालमा अन्तर्राष्ट्रिय रेमिट्यान्स सम्मेलनको आयोजना गर्न लागिएको र सम्मेलन सम्बन्धित मन्त्रालयको समेत दायित्व भएको भन्दै सहयोगका लागि आग्रह गर्नुभयो । सो अवसरमा संघले रेमिट्यान्स व्यवसायका साथै विदेशमा रहेका श्रमिकको …

पुरा पढ्नुहॊस »

विद्युतीय सवारी नचलाउने सुन्दरको चेतावनी

काठमाडौं । निकै उत्साहका साथ विद्युतीय सवारी सञ्चालन गर्दै आएको सुन्दर यातायातले विद्युतीय चार्जिङ स्टेसन र विद्युतीय गाडी सोमबारदेखि बन्द गर्ने भएको छ । कम्पनीले आइतबार एक विज्ञप्ति जारी गर्दै नेपाल सरकार र विद्युत् प्राधिकरणको असहयोगका कारण चार्जिङ स्टेसन र विद्युतीय सवारीसाधन बन्द गर्नुपर्ने अवस्था आएको जनाएको छ । काठमाडौंलगायत देशका ठूला शहरमा सार्वजनिक विद्युतीय सवारीसाधन सञ्चालन गर्दै आएको सुन्दरले विद्युत् सवारीलाई सरकारले असहयोग गरेको आरोपसमेत लगाएको छ । कम्पनीले …

पुरा पढ्नुहॊस »

सुन आपूर्ति सुधार गर्न माग

काठमाडौं । बजारमा कच्चा सुनकोे चरम अभाव भएको भन्दै सुनचाँदी व्यवसायीले तत्काल आपूर्ति व्यवस्थामा सुधार गर्न सरकारसँग माग गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य नेतृत्वको प्रतिनिधिमण्डलले आइतबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई ज्ञापनपत्र बुझाउँदै सुनको आपूर्ति बढाउन माग गरेको हो । मन्त्री भण्डारीले व्यवसायीका समस्यालाई आफूले नजिकबाट नियालेको उल्लेख गर्दै समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । महासंघले सुनचाँदी कारोबारको निर्देशका जारी गर्नसमेत माग …

पुरा पढ्नुहॊस »

सुपरमाई हाइड्रोपावरको आइपिओ खुल्यो

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

काठमाडाैँ ।  सर्वसाधारणका लागि सुपरमाई हाइड्रोपावरको आइपिओ आजदेखि निष्कासन तथा बिक्री खुला भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारमा गएका नेपालीहरूका लागि आइपिओ बिक्री गरेपछि सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको हो । कम्पनीले जारी पुँजी ५० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्तामध्ये १० प्रतिशत अर्थात् ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरूलाई, २५ हजार कित्ता सामूहिक लगानी कोषहरूलाई …

पुरा पढ्नुहॊस »

फेरि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेको छ । हिजो तोलामा दुई हजार रुपैयाँले घटेको सुनको भाउ आज फेरि ५ सय रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले सुनको भाउ आज तोलामा १ लाख ४ हजार ६ सय रुपैयाँ तोकेको छ । हिजो १ लाख ४ हजार १ सय रुपैयाँ थियो । गएको बिहीवार भाउ बढेर सुन अहिलेसम्मकै उच्च १ लाख ७ हजार ५ सय …

पुरा पढ्नुहॊस »

यस्तो छ आजको हरियो तरकारी र फलफूलको मूल्य

काठमाडाैँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार सोमबार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २५० रुपैयाँ, हरियो अंगुर १५० रुपैयाँ, नेपाली सुन्तला १६० रुपैयाँ, अनार, किवि र आभोकाडो ३०० रुपैयाँ, केरा दर्जनको १४० रुपैयाँ, अमला ६० रुपैयाँ र अम्बा १२० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तोकेको न्युनतम मूल्य हो । नेपाली ठूलो गोलभेडा ४० रुपैयाँ, अदुवा ९० रुपैयाँ, रातो आलु २५ रुपैया, सेतो …

पुरा पढ्नुहॊस »

क्यान इन्फोटेकको एसोसिएट स्पोन्सर डिशहोम फाइबरनेट

काठमाडाैं । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घले आयोजना गरेको क्यान इन्फोटेक मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा हुँदै छ। २८औँ संस्करणको रुपमा सुरु हुन लागेको क्यान इन्फोटेकमा एसोसिएट प्रायोजक डिशहोम फाइबरनेट रहेको छ । एसोसिएट प्रायोजक डिशहोम फाईवरनेटले आफ्नो स्टल नं. डी ३३ मार्फत आफ्नो फाइबरनेट तथा विभिन्न प्रडक्टहरुको बारेमा आवश्यक जानकारी प्रदान गर्नेछ। सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक नीति, रणनीति …

पुरा पढ्नुहॊस »