गृहमन्त्रीविरुद्ध प्रदर्शन गर्ने कांग्रेसको निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सहकारीपीडितको मुद्दा लिएर सडक संघर्षमा उत्रिने भएको छ । बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठकले सो निर्णय गरेको हो ।

सहकारी ठगीको आरोप लागेका गृहमन्त्रीमाथि संसदीय छानबिन माग गर्दै सदन अवरुद्ध गरेको नेपाली कांग्रेसले शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा आन्दोलन गर्ने निर्णय गरेको हो । कांग्रेसले आफ्नो निर्णयमा सहकारीका बचतकर्ताको बचत फिर्ता र ठगी संलग्नमाथि कारबाही माग गरेको छ । उसले नेपाली कांग्रेसमाथि सदनमा गृहमन्त्रीले लगाएको गम्भीर आरोपमाथि छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेको छ ।

बैठकले गृहमन्त्रीको राजीनामा माग गर्ने र छानबिन समिति गठन मागमा अडिग रहनेबारे छलफल भएको एक नेताले बताए । संसदमा अशिष्ट, हिंस्रक र अपमानजनक, व्यक्तिगत रुपमा आपत्तिजनक शब्द प्रयोग गरेकाले लामिछाने उक्त पदमा रहन नहुने कांग्रेस केन्द्रीय बैठकमा छलफल भएको एक नेताले जानकारी दिए । यस्तै बैठकले गृहमन्त्री लामिछाने समेत जोडिएको सहकारी प्रकरणमा छानबिन समिति बनाउने आफ्नो अडान नछोड्ने भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महिला सेलमा कार्यरत जवान करिश्मा मृत फेला

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिराहामा प्रहरी जवान मृत भेटिएकी छन् । महिला सेलमा कार्यरत …

प्रतिकृया दिनुहॊस