कोहीकोहीलाई छुनै हुन्न भन्नु सामन्ती कायरता हो : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा व्यवसायी कैलाश सिरोहिया पक्राउबारे धारणा सार्वजनिक गरेको छ ।

बुधवार रास्वपाका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले विज्ञप्ति जारी गर्दै रास्वपाले विधिको शासनमा कानुन भन्दामाथि कोही नरहेको बताएका छन् ।

रास्वपाले सरकार नागरिकको आत्मसम्मान र खुला लोकतान्त्रिक समाजका सम्पूर्ण हक–अधिकारको उपयोगमा आँच नपुग्ने गरी विधिको शासन अनुरूप कदम चाल्न सक्षम रहेको उल्लेख गरेको छ ।

जो जतिसुकै शक्तिशाली भए पनि कानुनको पालना गर्नुपर्ने बताउँदै रास्वपाले कोही–कोहीलाई छुनै हुन्न भन्नु सामन्ती कायरता भएको उल्लेख गरेको छ ।

रास्वपाले भनेको छ – ‘विधिको शासनको अर्को सौन्दर्य होः “कानुन भन्दामाथि कोही हुँदैन“। जो जतिसुकै शक्तिशाली भए पनि कानुनको पालना सबैले गर्नै पर्छ भन्ने मान्यता स्थापित हुनु लोकतन्त्रको जीत हो । “कोही–कोहीलाई छुनै हुन्न“ भन्नु सामन्ती कायरता हो । यस्ता पूर्वाग्रहकै बलमा मुलुकको राजनीतिक प्रणाली विकृत हुँदै गएको कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट छ ।’

रास्वपाले नाफामूलक निजी व्यवसाय गर्ने व्यक्ति र समाचार लेख्ने श्रमजीवी पत्रकार एकै नरहेको स्पष्ट पारेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

होटलमा २ दिनसम्म थुनेर नाबालिगमाथि सामूहिक बलात्कार

रूपन्देही । बाँकेको कोहलपुरको एक होटलमा लगेर २ दिनसम्म बन्धक बनाई एक नाबालिगलाई सामूहिक बलात्कार …

प्रतिकृया दिनुहॊस