सानेपामा कांग्रेसको संयुक्त बैठक जारी

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसले सहकारीको रकम हिनामिनाको आरोप लागेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलगायतलाई संसदीय छानबिन समिति गठन गरेर कारबाही गर्नुपर्ने माग गर्दै निरन्तर संसद् बैठक अवरुद्ध गर्दै आएको छ । छानबिन समिति बनाउन सहमति भएर कार्यदल गठन गरे पनि टीओआरमा सत्ता पक्ष र प्रतिपक्ष दलबीच आ–आफ्नो अडान कायम रहँदा समिति बन्न सकेको छैन ।

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पेलेरै पारित गर्ने तयारी गरेपछि थप रणनीति तय गर्न बैठक बोलाइएको हो । सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन समिति बनाउनुपर्ने अडानमा सदन अवरुद्ध गरिरहेको कांग्रेस हिजो कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया नागरिकतासम्बन्धी कसुरमा पक्राउपछि थप आक्रोशित बनेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रतिनिधिसभाकाे बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

काठमाडौं ।  प्रतिनिधिसभाबाट विनियोजन विधेयक पास गर्ने तयारी गरिएको छ। ​बिहान ११ बजे बस्ने बैठकमा …

प्रतिकृया दिनुहॊस