आर्थिक

कोका-कोला नेपालले सक्षम एक्सेलेटर र मेन्टरसिपमार्फत महिला उद्यमीलाई सशक्त बनाउँदै

काठमाडौं । कोका–कोला नेपालले एटेलियर प्लेटफर्म प्रा. लि.सँगको सहकार्यमा युवा महिला उद्यमी एक्सेलेरेटर र मेन्टरसिप कार्यक्रमको सफल कार्यान्वयन गरेको छ । यो कार्यक्रम कोका–कोला नेपालको महिला सशक्तिकरण कार्यक्रम ‘सक्षम’को एक महत्वपूर्ण भाग हो । यसले नेपालमा महिलाहरूद्वारा सञ्चालित स्टार्टअपहरू र सम्भावित स्टार्टअपहरूलाई व्यापक सहयोग र मार्गदर्शन प्रदान गर्ने उद्देश्य राखेको छ, जसले कोका–कोलाको मूल्य शृंखलाभन्दा बाहिर महिला सशक्तिकरण गर्ने प्रतिबद्धतालाई विस्तार गर्ने जानकारी दिइएको छ । युवा महिला उद्यमी एक्सेलेटर …

पुरा पढ्नुहॊस »

अब अनुमति नलिई काठमाडौँमा होस्टेल खोल्न नपाइने

काठमाडौँ । महानगरपालिकासँग अनुमति नलिई अब छात्रावास (होस्टेल) सञ्चालन गर्न नपाइने भएको छ । छात्रावास (होस्टेल) लाई व्यवस्थित, मर्यादित, सुरक्षित र पारदर्शी बनाउन तथा छात्रावासमा बस्ने विद्यार्थीहरू र सञ्चालकको अधिकतम हित गराउन जारी गरिएको छात्रावास सञ्चालन सम्बन्धी मापदण्ड २०८० ले यस्तो व्यवस्था गरेको हो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (२) को खण्ड (ज) र दफा १०२ को (२) लाई आधार मानेर काठमाडौँ महानगरपालिका प्रशासकीय कार्यविधि (नियमित …

पुरा पढ्नुहॊस »

टीभीएस आपचे आरआर ३१० मार्फत २४ घण्टाको स्पिड इन्ड्योरेन्सको कीर्तिमान

काठमाडौं । टीभीएस मोटर कम्पनीले आपोलो आल्फा एच१ टायर्स सुसज्जित टीभीएस आपचे आरआर ३१० मोटरसाइकलमार्फत नयाँ भारतीय राष्ट्रिय स्पिड इन्ड्योरेन्सको कीर्तिमान कायम गरेको छ । २४ घण्टे स्पिड इन्ड्योरेन्स चुनौतीको भागका रूपमा कम्पनीले एनए ट्रयाक्स (एसियाकै सबैभन्दा लामो हाई स्पिड ट्रयाक–एफएमएससीआईद्वारा प्रमाणित), इन्दौरमा ३,६५७.९२ केएमएसको यो कीर्तिमान कायम गरेको हो । टीभीएस रेसिङद्वारा अद्वतीय ट्रयाक वेपनकारपमा निर्माण गरिएको टीभीएस आपाचे आरआर ३१०, यसको असाधारण शक्ति र एजिलिटीका लागि प्रख्यात छ …

पुरा पढ्नुहॊस »

रेड्मीका दुई नयाँ फोन आकर्षक मूल्यमा उपलब्ध

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी एटु र एटुप्लस नेपाली बजारमा सार्वजनिक गरेको छ । उत्कृष्ट फिचरहरु र शक्तिशाली प्रदर्शनले भरिपूर्ण उक्त स्मार्ट फोनले सुलभ मूल्यमा प्रयोगकर्ताहरू समक्ष उल्लेखनीय अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । यी दुबै नयाँ फोनहरुमा दुई वर्षको वारेन्टी रहेको छ । यस्तै इमर्सिभ डिस्प्ले, प्रभावशाली क्यामेरा क्षमता, स्टाइलिश डिजाइन, शक्तिशाली पर्फर्मेन्स र लामो समयसम्म चल्ने ब्याट्री लाइफ लगायतका सुविधाहरूका साथ यी फोनले देशको स्मार्टफोनको …

पुरा पढ्नुहॊस »

प्रभु महालक्ष्मी लाइफको सिइओमा रमेशकुमार भट्टराई

काठमाडाैं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा रमेशकुमार भट्टराईको नियुक्तिलाई नेपाल बिमा प्राधिकरणले स्वीकृति दिएको छ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको एकीकृत कारोबार यही असार २९ गतेबाट हुने निर्णय भइसकेको छ । दुवै कम्पनीको बीचमा ०७९ असार ३० गते मर्जरको प्रारम्भिक सहमति र ०८० जेठ ३ गते अन्तिम सहमति भएको थियो । दुवै सम्झौतामा महालक्ष्मी लाइफका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईलाई …

पुरा पढ्नुहॊस »

आईएमई पे मार्फत यती एयरलाइन्सको टिकट खरिद गर्दा पाँच सय छुट

काठमाडाैं । ‘आईएमई पे’ मार्फत यती एयरलाइन्सको वेबसाइट तथा एपबाट टिकट काटी भुक्तानी गर्दा सेवाग्राहीले रु ५०० सम्म छुट प्राप्त गर्न सक्नेछन्। सो छुट प्राप्त गर्न सेवाग्राहीले यती एयरलाइन्सको वेबसाइट अथवा एप मार्फत टिकट बुक गर्ने क्रममा प्रोमो कोड ‘color:black;mso-ansi-language:EN-US;mso-fareast-language:EN-US;mso-bidi-language:AR-SA”>MONSOONYT51’ प्रयोग गरी आइएमई पे मार्फत भुक्तानी गर्नुपर्नेछ। मनसुनलाई लक्षित गर्दै प्रदान गरिएको सो छुट यहि असार ३१ गतेसम्म रहने कम्पनीले जनाएको छ।

पुरा पढ्नुहॊस »

सुनचाँदीको भाउ स्थिर

काठमाडौ । नेपाली बजारमा लगातार दोस्रो दिन मंगलबार पनि सुनचाँदीको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार पनि सुनचाँदीको भाउ फेरबदल नभएको हो। मंगलबार प्रतितोला छापावाल सुन १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँ कायम भएको छ। सोमबार भाउ स्थिर रहँदै सुनको त्यतिमा नै कारोबार भएको थियो। चाँदीको भाउ पनि मंगलबार स्थिर रहँदै तोलाको १ हजार ३९० रुपैयाँ कायम …

पुरा पढ्नुहॊस »

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असार २६ गते मंगलबारबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ८१ पैसा र बिक्री दर १३२ रुपैयाँ ४१ पैसा पुगेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ४२ पैसा र बिक्री दर १४५ रुपैयाँ ०८ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ५५ पैसा र बिक्री दर १६९ रुपैयाँ ३१ …

पुरा पढ्नुहॊस »

झिनो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव ८० अङ्कले ओरालो लागेर दुई हजार ७६ दशमलव ९६ मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ११ अङ्कले बढेर तीन सय ८८ दशमलव ६२ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये छ उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा सात …

पुरा पढ्नुहॊस »

११ महिनामा भित्रियो ११ खर्ब १२ अर्ब रेमिट्यान्स

काठमाडौँ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म कूल रु ११ खर्ब १२ अर्ब ५२ करोड बराबरको विप्रेषण (रेमिट्यान्स) मुलुक भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा चालु आर्थिक वर्षको ११ महिनासम्म विप्रेषण आप्रवाहमा २२ दशमलव सात प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह चार दशमलव एक प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३ प्रतिशतले वृद्धि भई …

पुरा पढ्नुहॊस »