अब अस्ट्रेलियाबाट पनि हाम्रो पात्रोमार्फत रेमिटेन्स पठाउन सकिने

काठमाडौं । हाम्रो पात्रोले अस्ट्रेलियामा रेमिटेन्स सेवा सुरु गरेको छ। अमेरिकामा मात्र सीमित रहेको कम्पनीको रेमिटेन्स सेवा सोमबारदेखि अस्ट्रेलियामा समेत सञ्चालनमा ल्याइएको हो।

नेपाल रेमिटेन्स पठाउन सकिने यो सेवाको अमेरिकामा सफल सञ्चालनसँगै अस्ट्रेलियामा सुरु गरिएको कम्पनीले जनाएको छ। अस्ट्रेलियामा रहेका नेपालीहरूले हाम्रो पात्रोमार्फत तीन पटकसम्म निशुल्क रेमिटेन्स पठाउन पाउनेछन्।

हाम्रो पात्रो एपभित्रैबाट यो रेमिटेन्स सेवा प्रयोग गर्न सकिन्छ। हाम्रो पात्रोको एपमा जाने बित्तिकै त्यहाँ रेमिटेन्स अप्सन देख्न सकिन्छ। त्यसमा थिचेर ग्राहकले रजिस्टर गरी आफ्नो फोटो र आवश्यक अन्य कागजात राखेर केवाईसी भेरिफाई (प्रमाणीकरण) गराउनु पर्ने हुन्छ।

अकाउन्ट भेरिफाई गरेसँगै हाम्रो पात्रोको रेमिटेन्स सेवा प्रयोग गर्न सकिन्छ। कम्पनीले क्रमशः अन्य देशहरूमा समेत आफ्नो रेमिटेन्स सेवा विस्तार गर्ने योजना बनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एसिया प्यासिफिक डिजिटल ट्यालेन्ट समिटमा नेपाली विद्यार्थीले जिते पिपल्स च्वाइस अवार्ड

काठमाडौं । नेपाली विद्यार्थीहरुले आविष्कार गरेको एआई प्रोजेक्टले चीनको नानिङ र सेन्जेनमा भएको एसिया प्यासिफिक …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds