नेपाल टेलिकमको नाफा तीन महिनामा करिब ९ प्रतिशतले घट्यो

काठमाडौं । नेपाल टेलिकमको यस आर्थिक वर्षको पहिलो तीन महिनाको आम्दानी साढे ३ प्रतिशतले घटेको छ। खुद नाफा भने झण्डै ९ प्रतिशतले घटेको छ।

अधिकांश हिस्सा सरकारी स्वामित्व रहेको टेलिकमले गत साउनदेखि असोजसम्म १० अर्ब ६४ करोड ८७ लाख रुपैयाँ कमाएको छ। गत वर्षको सोही अवधिको तुलनामा यो रकम ३ दशमलव ५४ प्रतिशतले कम हो।

गत वर्षको यही अवधिमा टेलिकमले ११ अर्ब ४ करोड ९० हजार रुपैयाँ कमाएको थियो। यसपालि टेलिकमको आयमा ३९ करोड १२ लाख ९७ हजार रुपैयाँले कमी आएको छ।

टेलिकमको तीन महिनाको खुद मुनाफा २ अर्ब २ करोड ७४ लाख रहेको छ। उक्त रकम गत वर्षको सोही अवधिको तुलनामा १९ करोड ८० लाख ७४ हजार रुपैयाँ कम हो। अर्थात्, टेलिमको नाफा ८ दशमलव ९० प्रतिशतले घटेको छ।

गत वर्ष यही अवधिमा २ अर्ब २२ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको थियो। कम्पनीको प्रतिसेयर आम्दानी यस त्रैमासिक अवधिमा ४५ दशमलव ५ रहेको छ।

ओटीटीमा सेवाको बढ्दो प्रयोगका कारण अन्तरआबद्धता आयमा गत कमी आएको, आर्थिक मन्दीको कारण कम्पनीको सेवा प्रयोगमा तुलनात्मक रुपमा कमी आएको, विदेशी विनिमय दरमा भएको परिवर्तन, प्रतिकूल मौसमका कारण विद्युत आपूर्ति तथा मर्मत सम्भार कार्य समयमा हुन नसकेको लगायत कारणले आम्दानी घटेको टेलिकमले जनाएको छ।

यस्तै, विभिन्न जनसरोकारका निकायले पूर्वाधार निर्माण, विस्तार, मर्मत, नान्तरण एवं नगरपालिका र वडा कार्यालयले गर्ने केवल व्यवस्थापनका क्रममा कम्पनीले सेवा प्रवाह गर्न निर्माण गरेका कतिपय संरचनामा क्षति पुगेको र नेटवर्क विस्तारमा समेत प्रभाव परेको टेलिकमले जनाएको छ। बैंक व्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी पनि घटेको कम्पनीले जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रारामा अस्ट्रेलियाली लगानीमा पहिलो लक्जरी रिसोर्ट बन्दै, हेलिप्याडको पनि सुविधा

काठमाडौं । मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका लागि अष्ट्रेलियन लगानी भित्रिएको छ । …

प्रतिकृया दिनुहॊस