लागूऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ

उदयपुर । उदयपुर त्रियुगा नगरपालिका ३ त्रियुगा पुल नजिकबाट लागूऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ परेका  छन् । पक्राउ पर्नेमा सोही स्थानका २१ बर्षीय कृष्ण चौधरी र २० बर्षीय धिरज चौधरी रहेका छन् ।
मंगलबार  जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई लागूऔषध ब्राउन सुगर ७४० मिलीग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका उपर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

गुल्मीमा मलामी बोकेको जीप दुर्घटना, एकको मृत्यु, १२ घाइते

काठमाडौं । गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका–४ मा गए राति मलामी बोकेको जीप दुर्घटनामा एक …

प्रतिकृया दिनुहॊस