रश्मी

डिशहोमको रिचार्जमा आकर्षक छुट

काठमाडौं  ।डिशहोम रिचार्ज गर्दा ग्राहकले आकर्षक बोनस पाउने भएका छन्। यस योजनाअन्तर्गत डिशहोमको रिचार्जमा २ हजार २०० रुपैयाँसम्म अतिरित्त बोनस रकम प्राप्त गर्न सकिन्छन्। यो योजनासँगै ग्राहकहरुले अब मासिक ८९९ रुपैयाँमा नै १०० एमबीपीएस इन्टरनेटको मज्जा ५ जी ड्युल व्यान्ड राउटरको साथमा लिन सक्नेछन्। यस्तै डिशहोमको नयाँ कनेक्सन लिने चारजना भाग्यशाली ग्राहक स्पेन घुम्न जान पाउनेछन् भने हरेक नयाँ कनेक्सनमा ग्राहकले २ हजार रुपैयाँको लालिगा सिजन टिकट पनि निःशुल्क प्राप्त …

पुरा पढ्नुहॊस »

मेगा क्यापिटलले ल्यायो ‘परिवारमुखी सेयर लगानी योजना’

काठमाडौं । मेगा क्यापिटल मार्केट्स लिमिटेडले परिवारमुखी सेयर लगानी योजना ल्याएको छ। क्यापिटलले यस लगानी योजनामा सहभागी भई आफ्नो परिवारका लागि सेयरमा लगानी गरी उमंग र खुसी बाँड्न पनि आग्रह गरेको छ। यस योजनामा न्यूनतम ५ लाख रुपैयाँबाट लगानी सुरु गर्न सकिने क्यापिटलका मार्केटिङ हेड गिरिराज पोखरेलले जानकारी दिए। ‘इच्छुक व्यक्तिले नगदै वा आफूसँग भएको सेयरबाटै यस योजनामा सहभागी हुन सक्नेछन्’, उनले भने। यो योजनामा सहभागी भएकाहरुले न्यूनतम ३ वर्षका लागि …

पुरा पढ्नुहॊस »

बसको ढोकाबाट खसेर सहचालकको मृत्यु

धनकुटा।धनकुटा पाख्रिवास नगरपालिका ४ स्थित मध्यपहाडी लोकमार्गमा बा२ख ५८४० नम्बरको बसको ढोकाबाट खसेर सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर नगरपालिका ११ का १७ बर्षीय धन बहादुर पाठक रहेका छन् । बुधबार दिउसो भोजपुरबाट धरान तर्फ आउदै गरेको गुडीरहेको बसको ढोका खोल्ने क्रममा ढोकाबाट झरी गम्भिर घाईते भएका पाठकको जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा हिजो दिउसो साढे ११ बजे मृत्यु भएको हो । बस र बस चालक भोजपुर अरुण …

पुरा पढ्नुहॊस »

युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम बागलुङ र बेनीमा सम्पन्न

काठमाडौं  ।महालक्ष्मी लाइफ इन्स्योरेन्सले असोजको पहिलो हप्ताबाट सुरु गरेको ‘युवासँग महालक्ष्मी लाइफ’ बीमा जागरण राष्ट्रिय अभियान छोटो अवधिमा व्यापक हुँदै गइरहेको छ। यसै सिलसिलामा म्याग्दीको बेनी र बागलुङबजारमा पनि बीमा जागरण राष्ट्रिय अभियानअन्तर्गत ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न भएको छ। बेनी सामुदायिक माध्यमिक विद्यालयमा सञ्चालन भएको कार्यक्रममा १०५ जना विद्यार्थी सहभागी भएका छन्। प्रधानाध्यापक काशिराम रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य एजेन्सी म्यानेजर दिलमाया विटालुले राखेका थिए। सावित्रा खत्रीबाट सञ्चालित …

पुरा पढ्नुहॊस »

सबैको लघुवित्तद्वारा ३२.६८ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं। सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि  ३२ दशमलव ६८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको  बैठकले आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ३२.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कायम  चुक्तापुँजी २० करोड ६० लाख २७ हजार २५० रुपैयाँको ३१.०५ प्रतिशतले हुन आउने ६ करोड ३९ लाख ७२ हजार ७५० रुपैयाँबराबरको बोनस सेयर  र बोनस सेयर …

पुरा पढ्नुहॊस »

सांग्रिला बैंकद्वारा १० प्रतिशत बोनस सेयर प्रस्ताव

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमीटेडले  आर्थिक वर्ष ०७७/७८ को सञ्चित मुनाफाबाट १० प्रतिशत बोनस सेयर र सो सेयरमा लाग्ने कर प्रयोजनका लागि चुक्तापूँजीको ०.५२६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । बैंकको चुक्तापूँजी २ अर्ब ७३ करोड ६९ लाख ७२ हजार ४२० रुपैयाँको १० प्रतिशतले हुन आउने  २७ करोड ३६ लाख ०७ हजार २४२ रुपैयाँ बराबरको बोनस सेयर र १ करोड ४४ लाख ५ हजार ११८ रुपैयाँ बराबरको …

पुरा पढ्नुहॊस »

बुधबार नेप्से परिसूचक ६८ अङ्क माथिले बढ्यो

काठमाडौं ।बुधबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ६८   दशमलव ४७   अङ्कले बढेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार बुधबार  नेप्से ६८   दशमलव ४७  अङ्कले बढेर २ हजार ६ सय ८१  दशमलव ११  बिन्दु मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १२   दशमलव ७२  अङ्कले बढेर ५०४  दशमलव ७४ बिन्दु मा पुगेर रोकिएको छ ।   स्टकका  अनुसार  आज कुल २२७ कम्पनीका ८१  लाख ८९   हजार ८९० कित्ता शेयर ४  अर्ब ५० …

पुरा पढ्नुहॊस »

स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा नगदसहित १३.०३ प्रतिशत लाभांश घोषणा

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले सेयरधनीहरूका लागि १३.०३ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट ३.०६ प्रतिशत नगद लाभांशसहित १० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ ।

पुरा पढ्नुहॊस »

मोबाइल मार्फत फन्ड ट्रान्सफर अब निःशुल्क

काठमाडौं । दसैँ, तिहार तथा छठ लगायतको चाडपर्वको समयमा कागजी नोटको प्रयोगलाई कम गर्न कनेक्ट आईपीएसले फन्ड ट्रान्सफर सेवा निःशुल्क गरेको छ । कनेक्ट आईपीएसले मोबाइलबाट गरिने फन्ड ट्रान्सफरलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ कनेक्ट आईपीएसको मोबाइल एप, बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङ्गमा रहेको कनेक्ट आईपीएस फन्ड ट्रान्सफर तथा कनेक्ट आईपीएस मार्फत मोबाइल वालेटमा गरिने फन्ड लोडलाई असोज २० गते देखि कार्तिक २५ गते सम्म पूर्ण रुपमा निःशुल्क गरिएको जनाएको छ …

पुरा पढ्नुहॊस »

कामना सेवाले ल्यायो अनलाइन डिम्याट सुविधा

कामना सेवा विकास बैंकले अनलाइनमार्फत डिम्याट सुविधा सञ्चालनमा ल्याएको छ। अब बैंकमा बचत खाता भएका ग्राहकले घरमै बसी सहज रुपमा बैंकको अनलाइनमार्फत नै डिम्याट खाता तथा मेरो सेयर खोल्न सक्नेछन्। अनलाइनमार्फत खाताका लागि आवेदन दिएको केही समयमै डिम्याट खाता खोलिने व्यवस्था बैंकले गरेको छ। यसका साथै बैंकमा खाता नभएका ग्राहकले अनलाइनबाटै उच्चतम ब्याजदरसहितको बैंकको नयाँ ‘शुभलाभ लगानी बचत खाता’ खोली विभिन्न सुविधा उपभोग गर्न सक्नेछन्। जसअन्तर्गत ग्राहकले प्रथम वर्ष निस्शुल्क …

पुरा पढ्नुहॊस »