काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमीटेडले आर्थिक वर्ष ०७७/७८ को सञ्चित मुनाफाबाट १० प्रतिशत बोनस सेयर र सो सेयरमा लाग्ने कर प्रयोजनका लागि चुक्तापूँजीको ०.५२६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।
बैंकको चुक्तापूँजी २ अर्ब ७३ करोड ६९ लाख ७२ हजार ४२० रुपैयाँको १० प्रतिशतले हुन आउने २७ करोड ३६ लाख ०७ हजार २४२ रुपैयाँ बराबरको बोनस सेयर र १ करोड ४४ लाख ५ हजार ११८ रुपैयाँ बराबरको नगद लाभांश(कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र बैंकको वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिने छ ।
प्रतिकृया दिनुहॊस