रश्मी

गायिका रचना रिमालको‘टिकटकी क्विन’ बोलको गीत सार्वजनिक

काठमाडौं । गायक कृष्ण ढकाल र गायिका रचना रिमालको स्वरमा ‘टिकटकी क्विन’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गरिएको गीतको भिडियोमा  पल शाह, दुर्गेस थापा, गरिमा शर्मा, रुची विश्वासलाई हेर्न सकिन्छ । तिलक बस्नेतको यो गीतमा शब्द तथा संगीत छ । शान थापाको निर्देशनमा तयार भएको भिडियोमा अर्जुन तिवारीको छायांकन, विवेक सुनारको सम्पादन, राजिव समरको कोरियोग्राफी छ ।

पुरा पढ्नुहॊस »

भारत जाँदा पीसीआर रिपोर्ट अनिवार्य अनलाइनमा अपलोड गर्नुपर्ने

काठमाडौं । भारत भ्रमणमा जाने सबै यात्रुले अब पीसीआर परिक्षण गरी नेगेटिभ रिजल्ट आएको रिपोर्ट अनलाइनमा अपलोड गरी यात्रा गर्नुपर्ने भएको छ । अब अनलाइन अपलोड नगरी यसरी यात्रा गरेमा यात्रा अनुमति नपाउने भारतीय हेल्थ तथा फेम्ली वेलफेयर मन्त्रालयले जनाएको छ । अनलाइन एयर सुविधा पोर्टलमा गएर सेल्फ डिक्लिरेन्स फारम अपलोड गर्नुपर्ने भएको छ । अर्कोतर्फ कोभिड-१९ को पीसीआर रिपोर्ट नेगेटिभ आएको यात्रा गर्नु अगाडिको ७२ घण्टा भित्रको रिपोर्टसमेत अनलाइन …

पुरा पढ्नुहॊस »

प्रताप दासको ‘हँसाउने उही छ’

काठमाडौं । गायक प्रताप दासको स्वरमा ‘हँसाउने उही छ’ गीत सार्वजनिक भएको छ । सार्वजनिक गरिएको गीतको भिडियोमा  कलाकार पुष्पराज पुरुष, उत्तम केसीलाई हेर्न सकिन्छ । देवेन्द्र पाण्डेले निर्देशन रहेको भिडियोमा चक्र बरालको छायांकन र विकाश दाहालको सम्पादन छ । चन्द्र प्रसाई ‘परिस्कृत’को शब्द रहेको गीतमा राजेन्द्र सुवेदीको संगीत छ ।

पुरा पढ्नुहॊस »

देउवालाई प्रधानमन्त्री बन्न प्रचण्ड–माधवको प्रस्ताव

काठमाडाै । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच नयाँ सरकार गठनबारे प्रारम्भिक चरणको छलफल भएको  छ । देउवा निवास बुढानिलकण्ठमा तीन नेताबीच भएको छलफलमा प्रचण्ड र माधवकुमार नेपालले सभापति देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका हुन् । जवाफमा देउवाले यस विषयमा पार्टीमा छलफल गरी जवाफ दिने प्रतिक्रिया दिएका छन् । सर्वोच्चले मंगलबार प्रतिनिधिसभा पुनर्स्थापना गरेको थियो।

पुरा पढ्नुहॊस »

घरको छानाबाट खसेर १ जनाको मृत्यु

झापा । झापा दमक नगरपालिका -१ मनकामना टोलका ४५ बर्षीय दिल बहादुर कुमालको घरको छानाबाट खसेर मृत्यु भएको हो । मंगलबार दिउसो ३ बजे छिमेकीको घरमा टिनको छाना लगाउने क्रममा खसेर घाईते भएका दिल बहादुर कुमालको घोपा धरानमा उपचारको क्रममा रातको साढे १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहॊस »

आफ्नै बुवाको हत्या गरेको अभियोगमा पक्राउ

कास्की । आफ्नै बुवा ५८ वर्षीय जुम बहादुर कामीको हत्या गरेको अभियोगमा अन्नपूर्ण गाउँपालिका-३ पाउँदुरकोट घर भई हाल पोखरा महानगरपालिका-३२ महकुना बस्ने ३४ वर्षीय रामकृष्ण कामीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । घरको भर्‍याङबाट लडेर जुम बहादुरको मृत्यु भएको भनिए पनि प्रहरीले घटना शंकास्पद देखिएपछि अनुसन्धान गर्दा आइतबार राति बाबु छोराबीच विवाद भएपछि रामकृष्णले काठले प्रहार गर्दा बाबु जुम बहादुरको मृत्यु भएको खुल्न आएको हो ।

पुरा पढ्नुहॊस »

कुमारी बैंक र माथिल्लो राहुघाट जलविद्युत आयोजनाबीच सम्झौता

  काठमाडौँ ।  कुमारी बैंकको अगुवाईमा सहवित्तीयकरण कर्जा अन्तर्गत तुदि पावर कम्पनी प्राइभेट लिमिटेडले निर्माण गर्न लागेको म्याग्दी जिल्ला भएर बग्ने राहुघाट खोलामा बन्न लागेको ४८.५० मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत परियोजनाका लागि आवश्यक वित्तिय व्यवस्थापन गरिएको छ । उक्त सहवित्तीयकरण सम्झौता अन्तर्गत कुमारी बैंक बाहेक ग्लोबल आइएमई बैंक, सह–अगुवाई बैंकको रुपमा रहेको छ भने अन्य सहभागी बैंकको रुपमा सिद्धार्थ बैंक, नेपाल क्रेडिट एण्ड कमर्ज बैंक लिमिटेड र माछापुच्छ्रे बैंक …

पुरा पढ्नुहॊस »

१ रुपैयाँमै ६ महिनाका लागि डिमहोमको फाइबर नेट जित्न सकिने

काठमाण्डौं । १ रुपैयाँमा ६ महिनाका लागि डिशहोमको फाइबर नेट प्याकेज जित्न सकिने भएको छ । दराज हाट बजारमामार्फत १ रुपैयाँमै ६ महिनाको इन्टरनेट प्याकेज जित्न सकिने व्यवस्था मिलाइएको छ । उक्त प्याकेज आज (मंगलबार) देखि लागू हुनेछ । डिशहोम नेटवर्क र नेपालको परिचित अनलाइन सपिङ ब्राण्ड दराजबीच त्यससम्बन्धी सम्झौता भएको हो । दुई कम्पनीबीचको सहकार्यमा दराज हाट बजारमा ७ हजार ८ सय ४५ पर्ने डिशहोम फाईबर नेटको प्याकेज खेल …

पुरा पढ्नुहॊस »

निफ्राको सेयर कारोबार स्थगित

काठमाडौं । बुधबारको सेयर बजारमा नेपाल इन्फ्राष्ट्रक्चर बैंक(निफ्रा) को सेयर कारोबार स्थगित भएको छ । कम्पनीको सेयर मूल्यमा गडबढ भएसँगै बैंकको सेयर कारोबार स्थगित भएको हो । कुनै पनि कम्पनीको भाउ एक दिनमा १० प्रतिशत भन्दा तलमाथि हुन नसक्ने भए पनि बुधबार निफ्राको भाउ शतप्रतिशत  घटेको देखिएको छ  । यसबाट सर्वसाधारण लगानीकर्ता अन्योलमा परेका छन् ।

पुरा पढ्नुहॊस »

लक्ष्मी बैंकको शाखा महोत्तरीको सरपल्लोमा

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो १२७ औं शाखा महोत्तरी जिल्लाको सरपल्लो गाउँपालिकामा संचालनमा ल्याएकोे छ । यो शाखा मार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।

पुरा पढ्नुहॊस »