आफ्नै बुवाको हत्या गरेको अभियोगमा पक्राउ

कास्की । आफ्नै बुवा ५८ वर्षीय जुम बहादुर कामीको हत्या गरेको अभियोगमा अन्नपूर्ण गाउँपालिका-३ पाउँदुरकोट घर भई हाल पोखरा महानगरपालिका-३२ महकुना बस्ने ३४ वर्षीय रामकृष्ण कामीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
घरको भर्याङबाट लडेर जुम बहादुरको मृत्यु भएको भनिए पनि प्रहरीले घटना शंकास्पद देखिएपछि अनुसन्धान गर्दा आइतबार राति बाबु छोराबीच विवाद भएपछि रामकृष्णले काठले प्रहार गर्दा बाबु जुम बहादुरको मृत्यु भएको खुल्न आएको हो ।
तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री