रश्मी

पुष २५ गते देखि रियालिटी टिभीमा हलिउड चलचित्र प्रशारण हुँदै

काठमाडाै ।डिशहोमको च्यानल नं. १०२ रियालिटी टिभीमा पुष २५ गते शनिवार हलिउड चलचित्र Flight 192 प्रशारण हुँदैछ । अव हरेक शनिबार दिउँसो २ वजे रियालिटी टिभीमा हलिउड चलचित्र प्रशारण हुनेछ। रियालिटी टिभी डिशहोमको बेसिक प्लस प्याकेज देखि उपलव्ध गराईएको छ ।

पुरा पढ्नुहॊस »

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा धनिराम शर्मा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्मा चयन भएका छन् । बैंक सञ्चालक समितिको बिहीबार बिहान बसेको बैठकले अध्यक्षमा शर्मालाई मनोनयन गरेको हो । नवनियुक्त अध्यक्ष शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । अध्यक्ष शर्मा नेपाल सरकार अर्थ मन्त्रालयका सह सचिव हुन् । शर्मा यसअघि नै नेपाल सरकार अर्थ मन्त्रालयबाट बैंकको संचालकको रुपमा नियुक्त भई कार्यरत थिए ।  

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकका ग्राहकहरुले होटल अकामा प्रा.ली.मा विशेष छुट प्राप्त गर्ने

काठमाडाैं ।सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र होटल अकामा प्रा. ली., धुमबाराहि, काठमाडौंबीच सिटिजन्स बैंकका कार्डवाहक ग्राहकहरुलाई होटलको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट÷क्रेडिट÷प्रिभिलेज कार्डवाहक तथा कर्मचारीहरु साथसाथै संचालक समितिका सदस्यले होटल अकामाका विभिन्न सेवाहरुमा विशेष छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १०९ वटा …

पुरा पढ्नुहॊस »

सिंगटी हाइड्रोले माघ ४ देखि पहिलो चरणको आईपीओ निष्काशन गदै

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट सिँगटी हाइड्रो इनर्जी लिमिटेडले प्राथमिक सेयर(आईपीओ) निष्काशन गर्न स्वीकृति पाएको हाइड्रोले माघ ४ गतेदेखि आयोजना प्रभावित स्थानीय वासिन्दालाई आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि १४ लाख ५० हजार कित्ता आईपिओ निष्काशन गर्न लागेको हो । यस आईपिओमा दोलखाको बिगु र कालिन्चोक गाउँपालिकाका स्थानीय वासिन्दाले मात्र आवेदन दिन पाउने छन् । आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम २ लाख कित्ताको …

पुरा पढ्नुहॊस »

सेञ्चुरी कमर्सियल बैंकको सरल र शताब्दी Mascot सार्वजनिक

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले  आफ्नो दुईवटा Mascot सार्वजनिक गरेको छ । बैंकको व्यवसाय प्रबद्र्घन, पहिचान र प्रचार प्रसार गर्नको साथै बजार बिस्तार गर्नको लागि सरल र शताब्दी नामका दुईवटा Mascot सार्वजनिक गरेको छ । यस पश्चात सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको बैंकिङ्ग अनुभवलाई अझ सरल र सुरक्षित बनाउन र बैंकले प्रदान गर्ने विभिन्न सेवा र सुविधाहरु र तिनका प्रकृयाका बारेमा सरल र शताब्दीले विभिन्न माध्यमबाट ग्राहकहरुलाई जानकारी गराउने छन् …

पुरा पढ्नुहॊस »

आज पनि घट्यो सुनको मूल्य

काठमाडाै ‌। शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको भने स्थिर रहेको छ ।आज सुन १ सय रुपैयाँले घटेको हो । बिहीबार ९५ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज शुक्रबार १ सय रुपैयाँले घटेर ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी भने आज स्थिर …

पुरा पढ्नुहॊस »

वरिष्ठ पत्रकार चेम्जोङद्वारा लिखित पुस्तक बिमोचन

काठमाण्डौ । वरिष्ठ पत्रकार कौशल चेम्जोङद्वारा लिखित ‘उदयपुरको ईतिहास’ नामक पुस्तक बजारमा आएको छ । समग्र उदयपुर जिल्लाको गहन ईतिहास बोकेको पुस्तक शताब्दिपुरुष तथा ईतिहासविद् सत्यमोहन जोशीले गर्नु भएको हो । ईतिहासविद् जोशीले विहिबार एक कार्यक्रम विच बखुम्बहाल मंगलबजार स्थित सत्यमोहन जोशी लोकसाहित्य भबनमा पुस्तक लोकार्पण गर्नु भएको थियो । लामो अध्यायन, खोज र संस्लेशन प्रष्ट झल्किएकाले यो नेपालकै ईतिहासमा दर्ज हुने कार्यक्रममा सहभागी हुनेहरुको भनाई छ । त्रिभुवन विश्वविद्यालयका …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंक र हेफर इन्टरनेशनलबीच सम्झौता

काठमाडौं ।ग्लोबल आइएमई बैंक लिमिटेड र हेफर इन्टरनेशनल नेपालबीच कृषि अनुदान कर्जामा साना किसानको पहुच बढाउने उद्धेश्य पुरा गर्नका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र हेफर इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक डा. शुभनारायण महतोले हस्ताक्षर गरे । समझदारी पत्र अनुसार ग्लोबल आइएमई बैंकले गुल्मी जिल्लाका विभिन्न ठाउँहरुमा बाख्रापालन, डेरी, तरकारी खेति, कुखुरापालन, बङ्गुरपालन, माछापालन तथा फलफूलहरुको उत्पादन गर्ने कृषकहरुलाई स्थानीय सहकारीको …

पुरा पढ्नुहॊस »

हिमालयन बैंकको शाखा ललितपुरको झम्सिखेलमा विस्तार

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा ललितपुर जिल्लाको कबिर सन्त सत्संघ मन्दिर, झम्सिखेलमा नयाँ शाखा  सञ्चालनमा ल्याएको छ । बैंकले उक्त शाखाहरुबाट ग्राहकहरुलाई अत्याधुनिक बैङ्किग सुविधाहरु उपलब्ध गराउनेछन् । यस शाखाका साथै हाल बैंकको कूल शाखा संख्या ६९ र विस्तारित काउन्टर संख्या ४ पुगेको छ भने ATM संख्या १४६ र ४२०० भन्दा बढी POS Terminals संख्या पुगेको छ ।

पुरा पढ्नुहॊस »

आजबाट चन्द्रागिरी हिल्सको आईपीओमा आवेदन खुल्यो

काठमाडौं । चन्द्रागिरी हिल्सको आईपीओ आजदेखि खुला भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका १५ लाख ३४ हजार ९सय १० कित्ता सेयरको सार्वजनिक निष्कासन गरेको हो। यो र्आपीओको आवेदन मंगलबार बन्द हुनेछ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत मंसिर ३ गते चुक्तापुँजीको १२ प्रतिशतले हुन आउने १८ लाख ४० हजार ९सय१० कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो। पहिलो चरणमा कम्पनीले २ प्रतिशतले हुन आउने ३ लाख ६ हजार ८१९ …

पुरा पढ्नुहॊस »