रश्मी

नबिल बैंकले ल्यायो बचतको बानी बसाल्ने भिडियो

काठमाडौँ ।नेपालीहरुले दशकौंदेखि विश्वास गर्दै आएको नबिल बैंकले जहिले पनि समय सुहाउ“दो सेवाहरु प्रदान गरेर आफ्ना ग्राहकहरुको मन जित्दै, ग्राहकहरुलाई ढुक्क बनाउ“दै आएको छ । सबै किसिमका ग्राहकहरुको आवश्यकता सुहाउ“दो डिपोजिट खाताको बारे सर्वसाधारणलाई जानकारी प्रदान गर्नका लागि नबिल बैंकले एउटा भिडियो ल्याएको छ । यस भिडियोमा एउटा व्यक्तिको कहानी निकै रोचक ढंगले देखाइएको छ, जसको बच्चैदेखि हरेक कुरा बचाउने बानी थियो र नबिल बैंकको साथ पाएर उक्त व्यक्तिलाई सानैदेखि …

पुरा पढ्नुहॊस »

सानिमा बैंकको नयाँ शाखा कीर्तिपुरमा

काठमाण्डौ । सानिमा बैंकले   कीर्तिपुर (पांगा दोबाटो) मा शाखा कार्यालय स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ। उक्त शाखाको उद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरेका छन् । त्यसैगरी सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेजबहादुर चन्दले बैंकका ग्राहक तथा सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे।

पुरा पढ्नुहॊस »

टेम्पोमा मेगा बैंकको क्यूआरकोड सुविधा

काठमाडौं । मेगा बैंक नेपाल  टेम्पोमा यात्रा गर्ने यात्रुहरुलाई क्यू आर कोडबाटै रकम भुक्तानीको ब्यवस्था मिलाएको छ । काठमाडौं उपत्यकासहित देशका बिभिन्न ठाउँमा संचालित टेम्पोमा मेगा बैंकले क्यूआरकोडबाटै रकम भुक्तानी गर्ने ब्यवस्था मिलाएको हो । डिजिटल बैंकिङ र नगदरहित कारोबारलाई प्रबद्र्दन गर्ने उद्देश्यले टेम्पोमा यात्रा गर्ने यात्रुहरुलाई क्यूआर कोडमार्फत रकम भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको मेगा बैंकले जनाएको छ । काठमाडौं उपत्यकाका टेम्पो चालकहरुमार्फत शुभारम्भ गरिएको यो सेवा देशभर बिस्तार …

पुरा पढ्नुहॊस »

आश्रममा आगलागी हुँदा एक किशोरको मृत्यु

काठमाडौं । आश्रममा आगलागी हुँदा एक किशोरको मृत्यु भएको छ । प्युठानको  स्वर्गद्वारी नगरपालिका-२ स्वर्गद्वारी आश्रमभित्र रहेको गोठमा आगलागी हुँदा आगलागीमा परी १५ वर्षीय हेम विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहॊस »

नेपाल बैंकले एकैदिन ११८ जनालाई वितरण गर्यो ‘फोन पे’को क्यूआर स्टेन्ड

काठमाडौं । नेपाल बैंकले एकैदिन  ११८ जनालाई फोन पेको क्यूआर स्टेन्ड वितरण गरेको छ । बैंकको पाल्पा शाखाको आयोजनामा डिजिटल पाल्पा अभियान अन्तर्गत एकैदिन सो मात्रालाई फोन पे को क्यू आर स्टेन्ड वितरण गरिएको हो । ढाका कपडा व्यवसायी, कृषक, कानुनी सेवा व्यवसायी, सहकारी संस्था, विद्यालय, बाईक मर्मत पसल, होटल रेष्टुरेन्ट लगायत विविध क्षेत्रका व्यवसायीलाई क्यू आर स्टेन्ड वितरण गरिएको थियो ।

पुरा पढ्नुहॊस »

वडाध्यक्ष धामीको निधन

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ का वडाध्यक्ष रुद्रे सिंह धामीको मृत्यु भएको छ । उनको आज विहान आफ्नै घरमा एक्कासी निधन भएको मालिकार्जुन मन्दीर व्यवस्थापन समितिका सचिव जनक सिंह धामीले जानकारी दिए। धार्मीक आस्थाको केन्द्र मालिकार्जुन मन्दिरका मुखिया समेत रहेका धामी जिल्ला भित्र र बाहिर परिचित थिए ।

पुरा पढ्नुहॊस »

एन आई सी एशिया बैंकको कार्ड प्रयोग गरी Sastodealमार्फत किनमेल गर्दा १२ प्रतिशत नगद फिर्र्ता

काठमाडौं । डिजिटल बैंकिङ्गलाई आत्मसात गर्दै आएको यस एन आई सी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई लक्षित गरी ई–कमर्श प्ल्याटफर्म Sastodeal मार्फत साताको अन्तिम दिन शनिबार किनमेल गरी भुक्तानी गर्दा १२ प्रतिशत वा अधिकतम रू. ५०० सम्म नगद फिर्ता प्राप्त गर्न सकिने योजना ल्याएको छ । यस बैंकको डेबिट तथा क्रेडिट कार्डबाट ई–कमर्श भुक्तानी गर्दाको हकमा ग्राहकहरूले उक्त मात्रामा नगद फिर्ता प्राप्त गर्न सक्ने प्रावधान यस योजनामा रहेको छ । बैंक …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकको कर्मचारी सहभागिता कार्यक्रमको नतिजा सार्वजनिक

काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो १८ औं वार्षिकोत्सवको अवसर पारी कर्मचारीको सहभागितालाई मध्यनजर गर्दै कर्मचारी संलग्नता प्रतियोगिता ल्याएको थियो । सो प्रतियोगितामा देशभरबाट १२४ जना बैंकका कर्मचारीहरुले लेख, एनिमेसन भिडियो, टिकटक भिडियो र चित्रकला गरी कुल ४ वटा विधाहरुमा सहभागिता जनाएका थिए । उक्त कार्यक्रमको नतिजा  सिद्धार्थ बैंकको प्रधान कार्यालय हात्तीसारमा एक समारोहकाबीच सम्पन्न भएको थियो । कार्यक्रममा बैंकका अधिकांश कर्मचारीहरुले डिजिटल्ली नै आफ्नो हाजिरी जनाएका थिए । विजेताहरूलाई बैंकका …

पुरा पढ्नुहॊस »

गायक प्रज्वल श्रेष्ठको ‘यो माया नै हो’

गायक प्रज्वल श्रेष्ठको स्वर ‘यो माया नै हो’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको गीतको भिडियोमा  स्वेता मिश्रा र सिमरन शाक्यलाई हेर्न सकिन्छ ।गीतमा शब्द, संगीत समेत प्रज्वल श्रेष्ठकै छ । अनिल मानन्धरको छायांकन, रोहेल बज्रचार्यको सम्पादन रहेको भिडियोलाई मणीले निर्देशन गरेका हुन् ।

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंकको ‘नारी विशेष अफर’

काठमाडाैँ । मुक्तिनाथ विकास बैंकले अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा ‘नारी विशेष अफर’ ल्याएको छ । यस अफर अन्तरगत फागुन १६ देखि फागुन २३ गते, २०७७ भित्र मुक्तिनाथ बैंकको महिला पेवा बचत खाता खोलेमा निशूल्क मुक्तिनाथ भिसा डेबिट कार्ड (VISA Debit Card) पाउन सकिनेछ । यसका लागि ग्राहकले डेबिट कार्डको लागि फरम या आवेदन पनि यँहि अफर समय अवधि (फागुन १६ देखि फागुन २३ गते, २०७७ ) भित्र दिनु पर्नेछ । …

पुरा पढ्नुहॊस »