काठमाडौं । भारत भ्रमणमा जाने सबै यात्रुले अब पीसीआर परिक्षण गरी नेगेटिभ रिजल्ट आएको रिपोर्ट अनलाइनमा अपलोड गरी यात्रा गर्नुपर्ने भएको छ ।
अब अनलाइन अपलोड नगरी यसरी यात्रा गरेमा यात्रा अनुमति नपाउने भारतीय हेल्थ तथा फेम्ली वेलफेयर मन्त्रालयले जनाएको छ ।
अनलाइन एयर सुविधा पोर्टलमा गएर सेल्फ डिक्लिरेन्स फारम अपलोड गर्नुपर्ने भएको छ ।
अर्कोतर्फ कोभिड-१९ को पीसीआर रिपोर्ट नेगेटिभ आएको यात्रा गर्नु अगाडिको ७२ घण्टा भित्रको रिपोर्टसमेत अनलाइन अपलोड गरेरै यात्रा गर्नुपर्ने नियम भारत सरकारले ल्याएको हो ।
यी दुबै कागजात नयाँ दिल्लीस्थित विमानस्थलको वेबसाइटमा गएर अपलोड गर्न सकिनेछ ।
तपाईंको प्रतिकृया



