काठमाडौं । बुधबारको सेयर बजारमा नेपाल इन्फ्राष्ट्रक्चर बैंक(निफ्रा) को सेयर कारोबार स्थगित भएको छ । कम्पनीको सेयर मूल्यमा गडबढ भएसँगै बैंकको सेयर कारोबार स्थगित भएको हो ।
कुनै पनि कम्पनीको भाउ एक दिनमा १० प्रतिशत भन्दा तलमाथि हुन नसक्ने भए पनि बुधबार निफ्राको भाउ शतप्रतिशत घटेको देखिएको छ ।
यसबाट सर्वसाधारण लगानीकर्ता अन्योलमा परेका छन् ।
तपाईंको प्रतिकृया



