रश्मी

राज्यले सहजीकरण गरिदिए छोटो समयमै द्रूत आर्थिक विकास सम्भव : ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राज्यले सहजीकरण गरेमा निजी क्षेत्रमार्फत छोटो समयमा धेरै विकास गर्न सम्भव रहेको बताएका छन्। उदयपुर उद्योग वाणिज्य संघको नवनिर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले यदि तीनवटै तहका सरकार तथा अन्य सरोकारवाला निकायबाट मुलुकभित्र लगानीमैत्री वातावरण बनाउन सहजीकरण गरियो भने निजी क्षेत्रमार्फत छोटो समयमा मुलुकको विकास सम्भव रहेको बताए। छोटो समयमा द्रूत आर्थिक विकास हासिल गर्न सफल रहेको …

पुरा पढ्नुहॊस »

एनएमबिका ग्राहक तथा कर्मचारीले बी एण्ड बी अस्पतालमा १० प्रतिशत छुट पाउने

काठमाडौं । एनएमबि बैंकले ग्राहक तथा कर्मचारीहरुलाई बी एण्ड बी अस्पतालबाट उपलब्ध गराईने विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा छुट पाउने भएका छन् । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख–रिटेल बैंकिङ्ग रोशन रेग्मी र बी एण्ड बी का तर्फबाट प्रमुख प्रशासक प्रकाश भट्टराईले हस्ताक्षर गरे । बैंकका ग्राहक तथा कर्मचारीले अस्पतालको सेवाहरुमा १० प्रतिशत छुट पाउने भएका हुन् । यस्तै अस्पतालले बैंकका एटिएम तथा अन्य भिजा कार्ड होल्डरलाई फार्मेसीबाट औषधी खरिद गर्दा ५ प्रतिशत …

पुरा पढ्नुहॊस »

२६ वर्षीय डा.सुभम उपाध्यायको कोरोनाबाटै मृत्यु

एजेन्सी । कोरोना संक्रमणबाट २६ वर्षीय डा.सुभम उपाध्यायको भएको मृत्यु  छ। उनी भारत मध्यप्रदेशको राजधानी भोपालमा कोरोना संक्रमितको उपचारमा खटिएका थिए । कोरोना संक्रमितको उपचार गर्ने डाक्टर उपाध्यायको कोरोना संक्रमणबाटै मृत्यु भएको हो । २६ वर्षीय डाक्टर भोपालको सागर मेडिकल कलेजको शिक्षण अस्पतालमा काम गर्थे । २८ अक्टुबरमा कोरोना संक्रमण भएपछि उनलाई १० नोभेम्बरमा भोपालको चिरायू अस्पतालमा भर्ना गरिएको थियो ।

पुरा पढ्नुहॊस »

पछिल्लो २४ घण्टामा ११२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । आज,शुक्रबार ११२ जनामा कोरोना पुष्टि भए​को छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ११२ जनामा संक्रमण भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ९८४  पुगेको छ भने पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको तथ्यांक अपडेट गरिएको छ। संक्रमित मध्ये २ लाख ७० हजार २७७ जना उपचारपछि निको भएका छन् । यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल …

पुरा पढ्नुहॊस »

सानिमा बैंक र पाटन अस्पतालबीच आर्थिक सम्झौता नविकरण

काठमाडाैं । सानिमा बैंक र पाटन अस्पतालबीच निम्न आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि गत वर्ष भएको सम्झौता नविकरण गरिएको छ । उक्त सम्झौता पत्रमा सानिमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल र पाटन अस्पतालका तर्फबाट निर्देशक प्रा.डा. रवि शाक्यले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता अन्तर्गत सानिमा बैंकले निम्न आयस्तर भएका महिलाहरुलाई प्रतिव्यक्ति २० हजारसम्म उपचारका लागि सहयोग उपलब्ध गराउँदै आएकोमा सो सम्झौता पुनःनविकरण गरिएको छ ।

पुरा पढ्नुहॊस »

आफ्नै आमाको हत्या गरेको अभियोगमा पक्राउ

अछाम ।आफ्नै आमा ६० वर्षीया कला बुढाको हत्या गरेको अभियोगमा साँफेबगर नगरपालिका-५ नवाठाना बस्ने ३८ वर्षीय जित बुढालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जितले आमालाई मंगलबार बिहान घरमा कुटपिट गरेको र सोही कुटपिटका कारण बिहीबार दिउँसो मृत्यु भएको  प्रहरीले  जनाएको छ ।

पुरा पढ्नुहॊस »

ग्वार्काे तरकारी बजारमा कुमारी बैंकको क्युआर भुक्तानी (QR payment) सेवा विस्तार

काठमाडौँ । कुमारी बैंकले ललितपुरस्थित ग्वार्को तरकारी तथा फलफूल बजारमा मोबाइल फोनबाट सहज र सुरक्षित क्युआर कोड भुक्तानी सेवाको विस्तार गरेको छ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीको उपस्थितिमा सो क्यू आर स्ट्याण्ड तरकारी व्यवसायीहरुलाई हस्तान्तरण गरे । कुमारी बैंक लिमिटेडले नगद कारोबारकोे विकल्पमा आफ्नो मोबाइल एप मार्फत QR भुक्तानी गर्न सकिने डिजिटल प्रविधिलाई प्रवर्धन गर्दैे आईरहेको छ । “यस QR प्रणाली …

पुरा पढ्नुहॊस »

पछिल्लो २४ घण्टामा ११२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । आज, बिहीबार  ११२ जनामा कोरोना पुष्टि भए​को छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ११२ जनामा संक्रमण भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ८७२ पुगेको छ भने पछिल्लो २४ घण्टामा ८३ जनाको मृत्यु भएको तथ्यांक अपडेट गरिएको छ। संक्रमित मध्ये २ लाख ७० हजार २२३ जना उपचारपछि निको भएका छन् । यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको …

पुरा पढ्नुहॊस »

कुमारी बैंकका एटीएम कार्ड होल्डरलाई सर्टिङसुटिङमा २० प्रतिशत छुट

काठमाडौं । कुमारी बैंकको एटीएम कार्ड लिएका ग्राहकले मेरिना इम्पेक्स एण्ड टेलरिङ सेन्टरमा सर्टिङ, सुटिङ तथा टेलरिङ सेवा लिँदा २० प्रतिशत छुट पाउने भएका छन् । बैंकको डेविट कार्ड वा क्रेडिट कार्ड मध्ये जुन भए पनि उक्त छुट पाउने छन् । सम्झौता पत्रमा मेरिना इम्पेक्स एण्ड टेलरिङ सेन्टरका कार्यकारी निर्देशक गोकुल खड्का र कुमारी बैंकका बजार प्रमुख नविन मुनि बज्राचार्यले हस्ताक्षर गरेका छन् । मेरिनामा सुविधा लिनको लागि ग्राहकले सक्रिय …

पुरा पढ्नुहॊस »

माछा मार्ने क्रममा करेन्ट लागी १ जनाको मृत्यु

खोटाङ। खोटाङ साकेला गाँउपालिका ४ मात्तिमका ३७ बर्षीय निर कुमार चाम्लिङ राईको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । बुधवार दिउसो साढे १ बजे रावाबेसी गाँउपालिका १ स्थितमा पर्ने रावा खोलामा निर कुमारले करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहॊस »