रश्मी

पूर्वाञ्चल क्यान्सर अस्पतालमा प्रभु बैंकको काउण्टर

झापा । प्रभु बैंकले झापाको विर्तामोड नगरपालिका–६ स्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा  एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ। मंगलबार एक कार्यक्रमबीच प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश नं -१ का मुख्यमन्त्री शेरधन राईले उक्त काउण्टरको उद्घाटन गरेका हुन्। नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले विर्तामोड नगरपालिकाको पुर्वाञ्चल क्यान्सर अस्पतालमा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको छ । …

पुरा पढ्नुहॊस »

आफ्नै ३ महिना छोराको हत्या गरेको अभियोगमा बुबा पक्राउ

बैतडी । आफ्नै ३ महिनाको छोरा लक्ष्मण चन्दको हत्या गरेको अभियोगमा पञ्चेश्वर गाउँपालिका-५ खनाडी बस्ने ४० वर्षीय राज बहादुर चन्दलाई  प्रहरीले पक्राउ गरेको छ । राज बहादुरले आफ्नै घरमा छोरा लक्ष्मणलाई लछार पछार गरी कुटपिट गर्दा बालकको घटनास्थलमै मृत्यु भएको र उनका बुबा ७० वर्षीय मन्धिर चन्दलाई समेत कुटपिट गरी घाईते बनाएका छन् । घाइते भएका मन्धिर चन्दको स्थानीय मेडिकलमा उपचार भईरहेको छ ।

पुरा पढ्नुहॊस »

तोलामा रु ५०० ले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा मंगलबार तोलामा नै  रु १ हजार ७०० ले घटेको सुनको मूल्य आज भने रु ५०० बढेको छ । मंगलबार तोलामा  ८७ हजारमा कारोवार भएको छापावाला सुन आज ८७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ८७ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि आज २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले …

पुरा पढ्नुहॊस »

जिपको ठक्करबाट किशोरीको मृत्यु

काठमाडौं ।  जिपको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ । ललितपुरको नख्खुदोबाटोमा आज बिहान सवा ५ बजे बाटो पार गर्दै गरेकी किशोरीलाई स १ ज ५६७ नम्बरको बोलेरो जिपले ठक्कर दिदा सिन्धुपाल्चोक घर भइ हाल ललितपुरको बागडोल बस्दै आएकी १९ वर्षीया अन्जु दाहालको मृत्यु भएको छ ।      

पुरा पढ्नुहॊस »

सरकार र विप्लवबीचको पहिलो चरणको वार्ता सकियो

काठमाडौँ ।  प्रतिबन्ध लगाएको करिब दुई वर्षपछि सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँगको पहिलो चरणको  औपचारिक  वार्ता भएको छ। वार्तामा सरकारकोतर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई तथा विप्लव समूहबाट खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदय चलाउने सहभागी थिए। वार्तामा विप्लव समूहले आफूहरुमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने सर्त अघि सारेको थियो भने पक्राउ परेका नेता,कार्यकर्ताको रिहाइ र उनीहरुमाथि लगाइएको मुद्दा फिर्ता गर्नुपर्ने माग गरेको छ ।

पुरा पढ्नुहॊस »

रियलमी ८औँ सिरिजमा १०८ एमपी क्यामेरा, मोबाइल फोटोग्राफीमा नेतृत्वदायी उपस्थिति

काठमाडौँ । विश्वमा तीव्र बजार विस्तार गर्दै गएको चिनियाँ स्मार्टफोन कम्पनी रियलमीले सातौँ सिरिजको स्मार्टफोनको व्यापक सफलतापछि ८औँ सिरिजको फोन सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले यस सिरिजमा पहिलोपटक मोबाइल फोटोग्राफीका क्षेत्रमा नेतृत्व लिन सक्ने गरी १०८ एमपी क्यामेरा यस सिरिजमा राख्न लागेको जानकारी दिएको छ । कम्पनीले आज एक भच्र्युल कार्यक्रम मार्फत आठौँ सिरिजमा मोबाइल फोटोग्राफीलाई उच्च प्राथमिकतामा राखेर निर्माण गर्न लागिएको उक्त फोनमा प्रयोग हुने १०८ एमपीको …

पुरा पढ्नुहॊस »

ज्योति विकास बैंक र क्लक बी द्वारा EntrepreneuHER कार्यक्रम सम्पन्न।

काठमाडौँ । ज्योति विकास बैंक र क्लक बी विजनेश इनोभेसनले संयुक्त रुपमा फागुन १६ गते आइतबार काठमाडौं लाजिम्पाटस्थित साङ्ग्रिला होटलमा महिला उद्यमशीलता विकास सम्बन्धी EntrepreneuHER नामक कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रमका प्रमुख अतिथि ज्योति विकास बैंकका सञ्चालक समितिका अध्यक्ष हरि प्रसाद, बैंकका प्रमुख कार्यकारी अधिकृत चन्द्र भट्ट र क्लक बी विजनेश इनोभेसनका प्रमुख कार्यकारी अधिकृत बिनय देवकोटाले संयुक्त रुपमा सो महिला उद्यमशीलता कार्यक्रमका उत्कृष्ट विजयी प्रतियोगीहरुलाई रु.पचास हजारको सीड …

पुरा पढ्नुहॊस »

कांग्रेस सभापति देउवासहितका शीर्ष नेता चितवन आउने

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका शीर्ष नेता आज चितवन आउने भएका छन् । दिवंगत भएका नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद एकनाथ रानाभाटको श्रद्धाञ्जली सभालाई सहभागी हुन कांग्रेस सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइरालासहितका नेता चितवन आउन लागेको कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले जानकारी दिए । सभापति देउवा हेलिकोप्टरमा आउने श्रेष्ठले जानकारी दिए । कार्यक्रम रानाभाटकै निवास रत्ननगर १४ लौरीघोलमा हुनेछ । पूर्वसांसद रानाभाटको फागुन १० …

पुरा पढ्नुहॊस »

पछिल्लो २४ घण्टामा ७३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । आज,सोमबार ७३ जनामा कोरोना पुष्टि भए​को छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप७३जनामा संक्रमण भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार २१६ पुगेको छ भने पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको तथ्यांक अपडेट गरिएको छ। संक्रमित मध्ये २ लाख ७० हजार ४७१ जना उपचारपछि निको भएका छन् । यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या २ …

पुरा पढ्नुहॊस »

एक्स्कर्सको नयाँ डीजीम्याक्स थ्रीइ मसिन नेपालमा

काठमाडौ । नेपालको लागि एक्स्कर्स मसिनहरुको आधिकारिक बिक्रेता आइएमई अटोमोटिभ्स् प्रा.लिले एक्स्कर्सको हेभिइक्यूपमेन्ट सेगमेन्टमा नयाँ मसिन डीजीम्याक्स थ्रीइ ब्याक्होलोडरको विक्री खुल्ला गरेको छ । नयाँ मसिन अत्याधिक कार्यक्षमतासहित डिजाईन अरुभन्दा फरक रहेको छ । अपरेटरलाई काम गर्न सजिलो होस् भनेर ठुलो क्याबिन बनाइनुका साथै फ्युल इफिसेन्सीमा बिशेष ध्यान दिएको छ । डीजीम्याक्स थ्रीइ ब्याक्होलोडरमा अगाडी रहेको बोनेट हुडलाई इटालीयन क्याबिन डिजाइनबाट साभार गरी बिशेष आकर्षक बनाइएको छ । रात्रीकालीन समयमा …

पुरा पढ्नुहॊस »