मोरङ । सप्तरी सम्भुनाथ-४ का २२ बर्षीय रोहित साहको करेन्ट लागेर मृत्यु भएको छ । सम्भुनाथ घर भएका साह विगत केही समय देखी मोरङ मिक्लाजुङ-६ स्थित मिक्लु खोलामा निर्माणधिन भईरहेको पुलमा ज्यामीको काम गर्दै आईरहेका थिए । कामकै शिलशिलामा आईताबार मोटर चलाउने क्रममा अचानक बिधुत सर्ट भई करेन्ट लाग्दा उनि गम्भिर घाईते भएकोमा उनको उर्लाबारी स्थित मंगलबारे अस्पतालमा उपचारको क्रममा आईताबार अपरान्ह ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
पुरा पढ्नुहॊस »प्रियंकाको ‘फूल भन्दा कोमल’
काठमाडौं। गायिका एलिना चौहानको स्वरमा समावेश ‘फूल भन्दा कोमल’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गरिएको गीतको भिडियोमा नायिका प्रियंका कार्की र विकेश शाहीलाई हेर्न सकिन्छ । गीतको भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका हुन् । ओम सुनारको शब्द तथा संगीत रहेको यो गीतको भिडियोमा कृष्ण पाण्डेको छायांकन, सुशान्त बस्नेतको सम्पादन छ ।
पुरा पढ्नुहॊस »भक्तपुरमा वासिङ मेसिनमा च्यापिएर ३८ वर्षीया महिलाको मृत्यु
काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका -५ कटुञ्जेस्थित चुनदेवीमा रहेको लाइभ स्टार कपडा वासिङ सेन्टरको वासिङ मेसिनमा च्यापिएर ३८ वर्षीया महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार दोलखाको भीमेश्वर नगरपालिका-९ लाकुरीडाँडा घर भई हाल सोही वासिङ सेन्टरमा काम गर्ने कमला केसीको मृत्यु भएको हो ।
पुरा पढ्नुहॊस »सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?
काठमाडौँ । सोमबार सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा सय रुपैयाँले घटेर प्रतितोला ९० हजार सात सयमा कारोबार भइरहेको छ । त्यसैगरी तर चाँदीको मूल्य बढेको छ। चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
पुरा पढ्नुहॊस »१३ वर्षीया बालिका गर्भवती भएपछि,२ जना पक्राउ
धनुषा। १३ वर्षीया बालिका गर्भवती भएपछि प्रहरीले धनुषामा २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुस्कान खातुन र शम्भु भनिने ओमनारायण यादव छन् । प्रहरीका अनुसार मुस्कान खातुनले घरबेटीकी १३ वर्षीया छोरीलाई विभिन्न प्रलोभन दिई शम्भु भन्ने ओम नारायण यादवलाई आफ्नै कोठामा बोलाई पटक पटक जबरजस्ती करणी गरेको खुलेको जनाएको छ। पटक–पटकको बलात्कारपछि बालिका गर्भवती भएपछि घटनाबारे परिवारले थाहा पाएको थियो ।
पुरा पढ्नुहॊस »चलचित्र‘कृष्ण लीला’ को पहिलो गीत सार्वजनिक
काठमाडौँ । चलचित्र‘कृष्ण लीला’ को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको ‘कुनै दिन’ बोलको गीतमा सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको छ । पुरुषोत्तम ढुंगेल र नारायण सापकोटाको शब्द रहेको गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् । दीपक ओलीको निर्देशन रहेको चलचित्रमा ‘कृष्ण लीला’ मा पुष्प र श्रद्धाका अलावा बुद्धि तामाङ, रबिन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाई लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
पुरा पढ्नुहॊस »२४ घण्टामा थपिए १२७ जना कोरोना संक्रमित
काठमाडौं । आज,शुक्रबार १२७ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १२७ जनामा संक्रमण भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ५५७ पुगेको छ भने त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण २ जनाको मृत्यु भएको छ । संक्रमित मध्ये २ लाख ६८ हजार ७९६जना उपचारपछि निको भएका छन् । यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको …
पुरा पढ्नुहॊस »सिभिल बैंकको नगदरहित अभियान,टेम्पूको भाडा पनि क्यूआरबाटै तिर्न सकिने
काठमाडौं । ‘समृद्धिका लागि सिभिल बैंक’ भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले नगदरहित अभियानको थालनी गरेको छ । बैंकले सिन्धुलीको सिन्धुलीमाडीमा आयोजित एक कार्यक्रमबाट सो अभियानको थालनी गरेको हो । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले टेम्पूको भाडा, कमलामाई मन्दिरमा भेटी तथा जुनार खरिदको मुल्य सबै क्युआर कोड मार्पmत भुक्तानी गरी उक्त अभियानको उद्घाटन गरे । सिन्धुली क्षेत्रमा चल्ने ७४ वटा टेम्पू (तीन पाङ्ग्रे सवारी) तथा ३४ वटा अन्य …
पुरा पढ्नुहॊस »भ्यालेन्टाइन डे’ मा पठाओद्वारा राइडर र ग्राहक दुवैलाई प्रेममय उपहार घोषणा
काठमाडौं । ‘भ्यालेन्टाइन डेको अवसरमा राइड सेयरिङ प्लेटफर्म पठाओले आफ्ना राइडर र ग्राहक लक्षित उपहार कार्यक्रम घोषणा गरेको छ। पठाओले आफ्ना दश उत्कृष्ट राइडरलाई भ्यालेन्टाइन डेको दिन आपसी प्रेम र सद्भाव बढोस् भनेर फ्री डिनर उपहार प्रदान गर्ने भएको हो। उक्त योजना अनुसार उत्कृष्ट दश राइडरहरुले आफ्नो जोडी सहित डिनरमा सहभागी हुन पाउनेछन् । भ्यालेन्टाइन डेकै दिन पठाओ एप मार्फत खाना अर्डर गर्ने ग्राहकलाई रातो गुलाफको फूल उपहार प्रदान गर्ने …
पुरा पढ्नुहॊस »यतीको एअरलाइन्सको ‘‘भ्यालेन्टाइन डे’ अफरः घरदेखि माउन्टेन फ्लाइट हुँदै घरसम्म सेवा
काठमाडौं । यतीले प्रेमदिवस अर्थात् ‘भ्यालेन्टाइन डे’लाई लक्षित गरेर विभिन्न अफर सार्वजनिक गरेको छ । यतीले फ्रेब्रवरी-१४ अर्थात ‘भ्यालेन्टाइन डे’ को दिनमा पर्वतीय उडान गर्ने यात्रुलाई घरबाट विमानस्थलसम्म आउने र घर फर्कनका लागि निःशुल्क ‘पिक एण्ड ड्रप’को व्यवस्था मिलाएको छ । यसको लागी एअरलाइन्सले ‘पिक मी’ संस्थासँग सहकार्य गरेको छ । साथै यतीले ‘भ्यालेन्टाइन डे’ को दिनमा उडान गर्ने यात्रुलाई स्मार्ट टेलिकमको तर्फबाट १ हजार रुपैयाँ बराबरको ८ जीबी डाटा, २० …
पुरा पढ्नुहॊस »