काठमाडौं । नेपाल बैंक लिमिटेडले काठमाडौं मलमा क्यूआर कोड सेवा सुरु गरेको छ । बैंकले मल परिसरमा एटीएम संचालन गर्नेबारे काठमाडौं मलसँग सम्झौता पनि गरेको छ । यसैगरी बैंकले मलका व्यवसायीहरुलाई सहुलियत दरमा बिनाधितो कर्जा पनि उपलब्ध गराउने सम्झौता गरेको छ ।
पुरा पढ्नुहॊस »मनीग्रामद्वारा नेपालमा सीमा पार रेमिट्यान्स सेवाहरु विस्तारका लागी इसेवा मनी ट्रान्स्फरसंग साझेदारीको घोषणा
काठमाडौं ।मनीग्राम इन्टरनेसनल, सीमा पार P2P रकम भुक्तानी र रकम स्थानान्तरणका लागी संसारकै अग्रणी मानिने कम्पनीले आज F1सफ्ट ग्रुपको सहायक, इसेवा मनी ट्रान्स्फर, नेपालको छिटो उदयीमान “पहिले डिजिटल” रेमिट्यान्स कम्पनीसंग साझेदारीको घोषणा गरेको छ । यस साझेदारीमार्फत विश्वभरि रहेका मनीग्रामका ग्राहकहरुले सिधै आफ्नो साथी तथा परिवारजनको बैंक खाता वा इसेवा वालेटमा रकम पठाउन सक्नेछन् । खाता निक्षेप सेवा सुरु भइसकेको छ भने इसेवा वालेट पनि सुरुवातको तयारीमा छ । सबै …
पुरा पढ्नुहॊस »पछिल्लो २४ घण्टामा २ हजार ३६५ जना कोरोना संक्रमित,५ जनाको मृत्यु
काठमाडौं । आज, बिहीबार २ हजार ३६५ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ३६५ जनामा संक्रमण भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ९२ हजार १५२ पुगेको छ भने पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ। संक्रमित मध्ये २ लाख ७६ हजार ३४५ जना उपचारपछि निको भएका छन् । यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु …
पुरा पढ्नुहॊस »रिलायबलद्वारा ४ करोड बीमा दावी भुक्तानी हस्तान्तरण
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चार करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ । बुधवार बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमित हरि प्रसाद पन्तकी श्रीमती परु देवी पन्तलाई चेक हस्तान्तरण गरि दाबी भुक्तानी गरेका हुन् । मृतक पन्तले डेढ वर्ष अगाडि ४ करोड रुपैयाँको सुलभ जीवन बीमा योजना खरिद गरेका थिए । पन्तको हृदयघातका कारण मृत्यु भएको थियो। उक्त कार्यक्रममा बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले बीमा दावी …
पुरा पढ्नुहॊस »सिभिल बैंकको नाफा बढ्यो
काठमाडौं । सिभिल बैंकले आर्थिक वर्ष २०७७/७८ मा कर्जा तथा ऋण लगानीमा उल्लेख्य वृद्धि गरेको छ । गत आर्थिक वर्षको चैत्र मसान्तको तुलनामा सिभिल बैंकको निक्षेप ६१.९६ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह ५४.६७ प्रतिशतले बढेको छ । बैंकले समीक्षा अवधि सम्ममा ८७.८९ अर्ब निक्षेप संकलन गरी ८१.४४ अर्ब कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले ५४.२६ अर्ब निक्षेप संकलन गरी ५२.६५ अर्ब कर्जा प्रवाह गरेको थियो …
पुरा पढ्नुहॊस »आइएमई पेको अफर; नयाँ एप प्रयोगकर्तालाई गृहप्रवेश अन्तर्गत १००मा सय बोनस डिजिटल नेपालको निर्माणमा आइएमईको पहल
काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ ल नयाँ एप प्रयोगकर्ताहरूलाई लक्षित गरी गृहप्रवेश अफर अन्तर्गत रू. १ सयमा रू. १ सय नै बोनस उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ । यो स्किममा सहभागी बन्नका लागि आइएमई पे डाउनलोड गरी आफ्नो मोबाइल नम्बर दर्ता गर्नुपर्नेछ । प्रयोगकर्ताको व्यक्तिगत विवरण (केवासी) फारम भरी कुनै न कुनै माध्यबाट आइएमई पे वालेटमा रू. १ सय जम्मा गर्नुपर्नेछ । …
पुरा पढ्नुहॊस »सनराइज बैंककाे थप दुई शाखारहित बैंकिङ्ग सेवा संचालन
काठमाडाैं । सन्राइज बैंकले थप दुई स्थानमा आफ्नाे शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएकाे छ । बैंकले ललितपुर जिल्लाको महाङ्काल गाउँपालिका वडा नं.-६ काे ठुलादुर्लुङ र सप्तरी जिल्लाको खड्क न.पा वडा नं.-११ काे बनौलीमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको हाे । सो दुई शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ७६ पुगेको छ । बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग …
पुरा पढ्नुहॊस »प्रभु बैंकको नयाँ शाखा नुवाकोटको महादेव फाँटमा
काठमाडौं । प्रभु बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं.-७ स्थित महादेव फाँटमा २१४ औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकको महादेव फाँट शाखा कार्यालयको उद्घाटन वागमती प्रदेशका मुख्य सचेतक केशवराज पाण्डेले गरे । उक्त शाखा कार्यालयको उद्घाटन गर्दै वागमती प्रदेशका मुख्य सचेतक पाण्डेले बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आप्mनो प्रभु बैंकले शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी …
पुरा पढ्नुहॊस »मेगा बैंकले भोटेबहाल वजारका उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रदान गर्ने
काठमाडौं । मेगा बैंक नेपालले विपन्न बर्ग, लघु, घरेलु, साना तथा मझौला उद्यमीहरूलाई ब्यवसाय प्रबद्र्धन गर्ने उद्देश्यले भोटेबहाल तयारी पोशाक उत्पादन तथा विक्रेता संघसँग सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा बैंकको नायव प्रमुख कार्यकारी अधिकृत रवीना देशराज श्रेष्ठ र भोटेबहाल तयारी पोशाक उत्पादन तथा बिक्रेता संघका तर्फबाट वरिष्ठ उपाध्यक्ष शान्तामणि रेग्मीले हस्ताक्षर गरेका छन् । मेगा बैंकले भोटेबहाल तयारी पोशाक उत्पादन तथा विक्रेता संघसँग आबद्ध उद्यमीहरूलाई आफ्नो ब्यवसाय विस्तार …
पुरा पढ्नुहॊस »कोभिड-१९ को भ्याक्सीन लगाउनेलाई चन्द्रागिरि केवलकारमा २५ प्रतिशत छुट
काठमाडौं । विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोप लगाउने कार्य पनि सुरु भइसकेको अवस्थालाई ध्यानमा राखेर खोप लगाइसकेका आगन्तुकहरूलाई चन्द्रागिरि केवलकार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ। उक्त सुविधाका लागि खोप कार्ड टिकट काउन्टरमा पेश गर्नुपर्नेछ।कोभिड–१९ विरुद्धको लडाइँमा ऐक्यवद्वता जनाउँदै उच्च स्वास्थ्य सुरक्षा सतर्कता अवलम्बनमा सचेतना अभिवृद्वि गर्ने कार्यमा यो योजना सहयोगी हुने कम्पनीले विश्वास लिएको छ। यो योजना ०७८ साल वैशाख ०९ गतेबाट शुरू भइ जेठ १७ …
पुरा पढ्नुहॊस »