माधव नेपाल जस्तो लाज-सरम पचेको मान्छे मैंले कहीँ पनि देखेको थिएनः केपी ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल जस्तो लाज-सरम पचेको मान्छे आफूले कहीँ पनि नदेखेको टिप्पणी गरेका छन्। माधव नेपाललाई आफ्नो घरको बिरालोको संज्ञा दिँदै उनले अहिले शेरबहादुर देउवाको भान्सामा दुधभात खान म्याऊ गरेर पुगेको व्यंग्यसमेत उनले गरे।

अध्यक्ष ओलीले एमसीसी सम्झौंताबारे सरकारको धारणा स्पष्ट पार्न प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग माग गरेका छन्।

अध्यक्ष ओलीले कांग्रेस र माओवादी केन्द्र मिलेर एमसीसी सम्झौंता गरेको उल्लेख गर्दै अहिले चुपचाप बसिरहेकोमा आपत्ति जनाए। नेकपा एमाले काठमाडौं महानगर कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको बृहत कार्यकर्ता भेलामा बोल्दै उनले एमसीसी झुक्यायर पास गर्ने प्रयास नगर्न पनि सरकारलाई सचेत गराए।

अध्यक्ष ओलीले एमसीसीबारे के गर्ने हो ? भनेर सरकार र सत्तारुढ गठबन्धनलाई पटक–पटक प्रश्नसमेत गरे। उनले चीनसँग हुँदै नभएको सीमा विवाद छ भनेर कसलाई खुसी पार्न खोजेको भनेर सरकारलाई चेतावनी दिए।

अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारले शिलान्यास गरेर अगाडि बढाएको सडकहरुको ठेक्का रद्ध गर्ने काम गरेर वर्तमान सरकारले विकास विरोधी आफ्नो चरित्रलाई देखाएको आरोपसमेत लगाए।

अध्यक्ष ओलीले एमालेसँग एक्लै चुनाव लड्न आउने दलहरुको जमानत जफत हुने दावीसमेत गरे । सत्तारुढ गठबन्धन मोर्चाबन्दी गरेर चुनाव आउने कुरा आफूले सुनेको उल्लेख गर्दै उनले जमानत जोगाउन पनि आफ्नो पार्टीसँग मिलेर चुनाव लड्न आउन सत्तारुढ गठबन्धन दललाई चुनौती दिए।

उनले उच्च मनोबलका साथ एकतावद्ध भएर आगामी निर्वाचनमा विजयी हुने गरी निर्वाचनको तयारीमा जुटन पनि पार्टीको सिंगो पंक्तिलाई आह्वान गरे।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

रविलाई सिधै भद्रकाली लगियो, शुक्रबारबाटै बयान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंको …

प्रतिकृया दिनुहॊस