यातायात व्यवस्था विभागद्वारा उत्तीर्ण परीक्षार्थीलाई परीक्षणकालीन लाइसेन्स दिन सुरु

यातायात व्यवस्था विभागले सवारीचालक अनुमति पत्र (लाइसेन्स)को परीक्षा उत्तीर्ण गरेका र नवीकरणका लागि आवेदन दिएका चालकलाई परीक्षणकालीन लाइसेन्स दिन सुरु गरेको छ।

स्मार्ट लाइसेन्स छपाइमा भएको ढिलाइका कारण सवारीचालक अनुमति पत्र (लाइसेन्स) लिन सेवाग्राही वर्षदिन कुुर्न पर्ने बाध्यताका कारण त्यसको विकल्पमा विभागले अस्थायीरुपमा एक वर्ष अवधिको परीक्षणकालीन लाइसेन्स दिन सुरु गरेको हो । लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका र नवीकरणका लागि आवेदन दिएका चालकलाई क्यूआर कोडसहितको परीक्षणकालीन लाइसेन्स पाउने यातायात व्यवस्था विभागका प्रवक्ता डा.लोकनाथ भुसालले जानकारी दिए। उनले हालका लागि काठमाडौंको एकान्तकुनास्थित कार्यालयबाट परीक्षणकालीन लाइसेन्स वितरण सुरु भइसकेको र क्रमशः देशैभरका यातायात कार्यालयहरुमार्फत वितरण गरिने पनि बताए।

अहिले स्मार्ट लाइसेन्स लिनका लागि करिब ७ लाख सेवाग्राही महिनाैं दिनदेखि लाइनमा छन्। विभागका प्रवक्ता डा.भुसालले अबको दुई महिनाभित्र स्मार्ट लाइसेन्स वितरणको काम सुरु हुने पनि बताए। उनले कोरोना महामारीका कारण विदेशबाट कार्ड ल्याउन नसकेकोले छ सात महिनादेखि लाइसेन्स वितरण गर्न नसकेको भन्दै अबको दुई महिनाभित्र वितरण गरिने बताए। उनले अबको एक, डेढ महिनाभित्र १४ लाख स्मार्टकार्ड आउन लागेको जानकारी दिदैँ कार्ड आए लगत्तै तीन सिफ्टमा काम गरेर भए पनि वितरण गरिने बताए।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

यी ७ इन्टरनेट कम्पनीको अनुमतिपत्र रद्द, ३० दिनभित्र बक्यौता बुझाउन निर्देशन (सूचीसहित)

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले विभिन्न सात अलग अलग इन्टरनेट सेवा प्रदायक कम्पनीको अनुमतिपत्र (लाइसेन्स) …

प्रतिकृया दिनुहॊस