भोलिका लागि सभामुखले बोलाए सर्वदलीय बैठक

सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले लगातार संसद् बैठकमा नाराबाजी गरेपछि सभामुख सापकोटाले सदनको गतिरोध अन्त्य गर्न सर्वदलीय बैठक बोलाएका हुन्।

‘सभामुखज्यूले भोलि (२८ भदौ बुधबार) दिउँसो साढे २ बजेका लागि संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष/प्रमुखसँग समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्नुभएको छ’, सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेले भने।

एमाले विभाजनमा सभामुखको भूमिका रहेको भन्दै एमाले सांसदहरूले बुधबार, बिहीबार र आइतबार गरि तीन दिनको बैठकमा नाराबाजी गरेर अवरोध सृजना गरेका छन्।

माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस्नु पर्ने, सभामुखले माफी माग्नु पर्ने एमालेको माग छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री