नेपाल बिटुमिन तथा ब्यारेल उद्योगको वार्षिक साधारणसभा सम्पन्न

नेपाल बिटुमिन तथा ब्यारेल उद्योग लि.को ३०, ३१ र ३२औं वार्षिक साधारणसभा आज सम्पन्न भयो । उद्योगका प्रबन्ध सञ्चालक प्रदीपकुमार श्रेष्ठको अध्यक्षतामा कम्पनीको मुख्य कार्यालय, कृष्णगल्ली, पुल्चोकमा साधारणसभा सम्पन्न भएको हो। विश्वव्यापी महामारीको रुपमा पैmलिइरहेको कोभिड–१९ का कारण नेपाल सरकारले जारी गरेको निषेधाज्ञाको परिपालना गर्दै भर्चुअल माध्यमबाट साधारण सभा सम्पन्न भयो।

सभामा शेयरधनीहरूको प्रश्नको जवाफ दिंदै प्रबन्ध सञ्चालक प्रदीपकुमार श्रेष्ठले आ.व. २०७४/०७५, २०७५/०७६ र २०७६/०७७ मा लकडाउन तथा निषेधाज्ञा लगायतका कारणले गर्दा भौतिक निर्माणका कार्यहरू हुन नसकिरहेको असहज परिस्थिति सृजना भएकाले आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव परेको अवस्थामा पनि कम्पनीले बजारमा न्यून गुणस्तरका बिटुमिनसँग प्रतिस्पर्धा गरी केही मुनाफा आर्जन गर्न सकेको ब्यहोरा सभालाई जानकारी गराए। साथै सडक निर्माणका लागि आधारभूत वस्तु बिटुमिन तथा बिटुमिन इमल्सन उत्पादन गर्ने यस उद्योगलाई निजीकरण गरिएका उद्योगहरूमध्ये नमूना उद्योगका रूपमा विकसित गर्दै लैजान आफू तथा सञ्चालक समिति लागि परेको बताए।

त्यसैगरी अन्य प्रदेशहरूमा डिलर नियुक्त गरि बिटुमिनको बजार विस्तार गरिने ब्यहोरा सभालाई जानकारी गराए। शेयरधनीहरूका तर्पmबाट अमृतनाथ रेग्मीका साथै डमरू बल्लभ घिमिरेले आ–आफ्नो मन्तब्य राखी कोभिड–१९ का कारण देशमा लकडाउन तथा निषेधाज्ञा जस्ता असहज परिस्थिति पैदा हुँदासमेत केही मुनाफा कमाउन सक्षम भएको तथा कम्पनीलाई अझ प्रभावकारी बनाई नयाँ सोचअनुसार कम्पनी अगाडी बढाउन सञ्चालक समितिमा नयाँ सञ्चालकलाई सहभागि गराउने साथै कम्पनीको काममा लगनशिल भई कार्य गर्ने सम्पूर्ण कर्मचारी, कामदार तथा व्यवस्थापन समूहलाई धन्यवाद ज्ञापन गरे।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा पुगेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ७६ पैसा र बिक्री दर १४३ रुपैयाँ ४१ पैसा रहेको छ ।

प्रतिकृया दिनुहॊस