कांग्रेस पदाधिकारी बैठकको निर्णय: असोज नौ गते नै पालिका अधिवेशन

नेपाली कांग्रेसको पदाधिकारी बैठकले असोज नौ गते नै पालिका अधिवेशन गर्ने निर्णय गरेको छ।

बुधबार सिंहदरवारमा बसेको पार्टीको पदाधिकारी बैठकले पूर्वनिर्धारित समय (९ गते) नै पार्टीको पालिकास्तरीय अधिवेशन गर्ने निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले अधिवेशनका अवरुद्ध प्रक्रियाहरुलाई सहमतिपूर्वक निकास दिँदै जाने र अघि बढीसकेका प्रक्रियाहरुलाई निश्चित टुंगो गर्ने निर्णय गरेको बताए। उनले पार्टीले ९ गतेसम्म पार्टीको क्रियाशील सदस्य टुंगो लगाउने निर्णय भएको पनि बताए। उनले पार्टीको पालिका स्तरीय अधिवेशनपछिका अन्य अधिवेशनहरुको हकमा केन्द्रिय समितिले आवश्यकता अनुसार अघि बढाउँदै जाने निर्णय भएको समेत बताए।

प्रवक्ता शर्माले देशभरका नेपाली कांग्रेसका कार्यकर्ताहरुलार्ई ९ गतेको पालिका अधिवेशनलाई उत्साहपूर्वक अघि बढाउन आग्रह गरे। उनले सर्वसम्मतरुपमा पदाधिकारी निर्वाचित हुने ठाउँमा सर्वसम्मतिको प्रक्रिया र नहुने स्थानमा लोकतान्त्रिक स्वस्थ अभ्यासको वातावरणबाट टुंगो लगाउन अपील पनि गरे।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

रास्वपा सभापति लामिछानेलाई आज काठमाडौं ल्याइँदै

काठमाडौं । सहकारीको रकम अपचलन प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति …

प्रतिकृया दिनुहॊस