नेपाल बारको १५औँ सम्मेलन पोखरामा हुने

नेपाल बार एसोसिएनको १५औँ अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलन पोखरामा हुने भएको छ।

कानून व्यवसायीको सम्मेलन आगामी मङ्सिर २४, २५ र २६ गते पोखरामा १५औँ अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलन हुने तय भएको बारका उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिए।

‘राष्ट्रिय कानूनी शासन र संवैधानिक सर्वोच्चता: व्यवसायिक र मर्यादित बार हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारा रहेको छ।

बारका प्रत्येक नयाँ पदाधिकारी आएपछि सम्मेलन गर्नेछ। बारले गत जेठ १४, १५ र १६ गर्ने भनिएको सम्मेलन कोभिड–१९ महामारीको जोखिमका कारण रोकिएको थियो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री