राप्रपाले ४४ जिल्लामा सक्याे अधिवेशन

राष्ट्रिय प्रजातन्त्र पार्टीले ४४ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ। पार्टीले आगामी कात्तिक २७ देखि ३० गतेसम्म आयोजना गर्न लागेको महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्ने क्रममा उक्त अधिवेशन सम्पन्न गरेको हो।

पार्टीका वरिष्ठ नेता राजाराम श्रेष्ठका अनुसार असोज २० गतेसम्म सबै जिल्ला अधिवेशन सम्पन्न गर्न समय तोकिएको छ। पर्सा, स्याङ्जा, महोत्तरी र गोरखामा सम्पन्न अधिवेशनमा विवाद उत्पन्न भएपछि केन्द्रीय निर्वाचन समितिले अर्को निर्वाचन गर्ने निर्णय गरेको छ। पार्टीले पहिलो पटक सक्रिय सदस्यबाट प्रतिनिधि छनोट गर्ने व्यवस्था गरेको छ। यसअघि क्षेत्रीय तथा स्थानीय समितिबाट प्रतिनिधि छनोट गर्ने व्यवस्था थियो।

प्रदेश र क्षेत्रीय समितिका अध्यक्ष, महानगर, उपमहानगर, नगर र गाउँपालिकाका अध्यक्ष पदेन सदस्यका रुपमा महाधिवेशन प्रतिनिधि हुन पाउने व्यवस्था गरिएको पार्टीका केन्द्रीय सदस्य सुन्दर पाण्डेले बताए। उनका अनुसार ती सदस्यले मतदान गर्न पाउने तर उम्मेदवार बन्न भने पाउने छैनन्। यसैबीच पार्टी निकट ट्रेड युनियन महासङ्घले विभिन्न पर्वका अवसरमा शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पार्टीका पदाधिकारी तथा नेतागणको सहभागिता थियो।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै, बहिष्कारको तयारीमा कांग्रेस

काठमाडौं ।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले आज (बिहीबार) विश्वासको मत लिँदैछन् । वैशाख ६ गते …

प्रतिकृया दिनुहॊस

This will auto close after