शेयर बजारमा आज पनि गिरावट, ११.९६ अंकले घट्यो नेप्से

कारोबार हुने साताको अन्तिम दिन आज बिहीबार पनि शेयर बजारमा गिरावट आएको छ । बुधबार २२ दशमलव ११ अंकले घटेकोे बजार आज पनि ११ दशमलव ९६ अंकले घटेको छ ।

बिहीबार २२७ वटा घितोपत्रको ६९ लाख ५० हजार ८३८ कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट ३ अर्ब ८२ करोड ९५ लाख ३३ हजार ३५० रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

बिहीबार १३ वटा समूहमध्ये ३ वटा समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचकमा गिरावट आएको छ ।

कारोबार रकमको आधारमा नेपाल दुरसञ्चार कम्पनीको २५ करोड ४८ लाख ३९ हजार ५६४ रुपैयाँ बराबरको शेयर खरिद विक्री भयो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री