आज पनि घट्यो नेप्से, २२.११ अंकको गिरावट

साताको चौथो दिन बुधबार पनि शेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । मंगलबार १६ दशमलव ३० अंकले घटेको बजार आज २२ दशमलव ११ अंकले घटको हो ।

बुधबार २२३ वटा घितोपत्रको ६५ लाख २० हजार ६२८ कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट ३ अर्ब ४७ करोड ११ लाख ९ हजार १८२ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

बुधबार १३ वटै समूहको परिसूचकमा गिरावट आएको छ । त्यसमध्ये सबैभन्दा बढी टे«न्डिङ समूहको १ दशमलव २२ प्रतिशतले गिरावट आएको हो ।

कारोबार रकमको आधारमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १८ करोड ६१ लाख ६९ हजार ७६५ रुपैयाँ बराबरको शेयर खरिद विक्री भयो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री