प्रचण्डले मलाई धोका दिनु ठुलो कुरा भएन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफुलाई धोका दिएको आरोप लगाएका छन् ।

आइतबार काठमाडौंमा भएको एक कार्यक्रममा सम्बोधन गर्दै ओलीले आफुलाई त्यस ठाउमा पुर्याउनेहरुलाई धोका दिनेले आफुलाई धोका दिनु ठुलो कुरा नभएको टिप्पणी गरेका छन् ।

ओलीले भने- मेरो आँखाले धोका खाएको थिएन, प्रचण्ड धोका दिन अप्ठ्यारो मान्नुहुन्न, जनतालाई धोका दिनुभयो, सहयोद्धाहरुलाई धोका दिनुभो, आफुलाई त्यस ठाउमा पुर्याउन जीवन दिने शहिदहरुलाई धोका दिनुभयो मलाई धोका दिन कुन ठुलो कुरा भयो र ।’

ओलीले आफूसँग प्रचण्डको सहकार्य लामो समय टिक्न नसक्ने आफुलाई थाहा भएको बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री