News desk

कोरोना संक्रमणबाट एक जनाको मृत्यु, एकैदिन थप १०६ संक्रमित

काठमाडौं । थप १०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभरबाट २४३६ नमूना परीक्षण गर्दा १०६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट ४७६ र एन्टीजेनबाट १९६० नमुना परीक्षण गर्दा पीसीआरबाट ७४ र एन्टिजेनबाट ३२ को रिपोर्ट पोजिटिभ आएको हो । कोरोनाका कारण एक जनाको मृत्यु भएको छ । यो अवधिमा ४८ जना संक्रमित निको भएका छन् …

पुरा पढ्नुहॊस »

सानो धक्काले बैंकहरु डुब्दैनन् : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बाह्य क्षेत्रमा सुधार आएको बताएका छन् । राष्ट्र बैंकले आयोजना गरेको पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले अब सानो धक्काले बैंकहरू समस्यामा नपर्ने बताएका हुन् । गत वर्ष शोधनान्तर, चालु खाता घाटा अत्याधिक रहेको भन्दै अहिले यस्तो अवस्था नरहेको उनले बताए । ‘चालु आर्थिक वर्षमा औसतमा महिनामा एक खर्बको दरले रेमिट्यान्स भित्रिएको छ’, गभर्नर अधिकारीले भने, ‘गत वर्ष ४ खर्बभन्दा बढीले घाटामा रहेको चालु …

पुरा पढ्नुहॊस »

वैवाहिक बलात्कार आरोपित न्यायाधीश भुवन गिरी काठमाडौंबाट पक्राउ

काठमाडौं । न्यायाधीश भुवन गिरीलाई प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती करणीको आरोपमा श्रीमतीले दिएको जाहेरीका आधारमा प्रहरीले गिरीलाई मंगलबार पक्राउ गरेको हो । उनलाई काठमाडौंस्थित सामाखुसीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको माग अनुसार उनलाई पक्राउ गर्नका लागि पुर्जी जारी भएको थियो । श्रीमती आरती गिरी रावलले न्यायाधीश गिरीविरुद्ध वैवाहिक बलात्कार आरोपमा जिल्ला प्रहरीमा जाहेरी दर्ता गराएकी थिइन् ।

पुरा पढ्नुहॊस »

साल्ट ट्रेडिङ्गको अध्यक्षमा श्रेष्ठ नियुक्त

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड कम्पनीका सञ्चालक समिति सदस्य प्रदीपलाल श्रेष्ठ अध्यक्षमा नियुक्त भएका छन् । कर्पोरेसन सञ्चालक समितिले आइतबार उनलाई कम्पनीको नेतृत्वका लागि चयन गरेकोमा सोमबार नियुक्त गरिएको हो । यसअघि कर्पोरेसन लिमिटेडको अध्यक्षमा कल्याण गोविन्द श्रेष्ठ थिए । उनले करिब ४ महिनाअघि स्वास्थ्यमा समस्या भएपछि अध्यक्ष पदबाट राजीनामा दिएका थिए । त्यसयता रिक्त अध्यक्ष पद उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नारायणप्रसाद रेग्मीले केही समयका लागि सम्हालेका …

पुरा पढ्नुहॊस »

गणेश अवस्थी बने नबिल बैंकको डिजीएम

काठमाडाैँ । गणेश प्रसाद अवस्थी नबिल बैंककाे नायव महाप्रबन्धक (डीजीएम) पदमा बढुवा भएका छन् । बैंक सञ्चालक समितिको बैठकले अवस्थीलाई डीजीएममा नियुक्त गरेको हो । यसअघि बैंकको प्रमुख व्यापार अधिकृत अर्थात् सहायक महाप्रबन्धक रहेका अवस्थी डीजीएममा नियुक्त भएका हुन् । उनी सन् २००१ मा तत्कालिन एनआईसी बैंकबाट बैंकिङ करियर सुरु गरेका थिए । तीन वर्ष कुमारी बैंकमा ब्रान्च म्यानेजर भएर काम गरेका अवस्थीले सन् २००८ बाट ग्लोबल आइएमई बैंक आएका …

पुरा पढ्नुहॊस »

सामाजिक सञ्जालमा मनपर्दी च्याट

सरकारी इन्जिनियर किशोर (नाम परिवर्तन)लाई भारतकी एक युवतीले ट्वीटरमा फलो गरिन् उनले फलो ब्याक गरे । साथी बने, परिचय साटासाट भयो । सेल नम्बर पनि साटासाट भएसी, ह्याट्स एपमा च्याट हुन थाल्यो । एक रात ती युवतीले सर्वनग्नको प्रस्ताव गरिन् । च्याट अनुसार ती व्यक्ति सहमत भए । अर्को दिन बिहान भारतीय युवतीको फोन आयो ।

पुरा पढ्नुहॊस »

प्रकाश सपुतको नयाँ गीत सकम्वरी डिशहोम एप मार्फत सार्वजनिक

काठमाडौँ । नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक प्रकाश सपुतको नयाँ गीत सकम्वरी सार्वजनिक भएको छ । गायक सपुतले यो गीत डिशहोम गो एपमार्फत एक्सक्लुसिभ रिलिज गरेका हुन् । हाल यो गीत डिशहोम गो एपमा मात्र उपलव्ध रहेको छ । यो गीत निशुल्क हेर्नका लागी प्ले स्टोर र एप स्टोर बाट डिशहोम गो एप डाउनलोड गर्नुपर्ने हुन्छ । यस एपमा लाईभ टि.भी. लगायत नेपाली सिनेमा, सिरिज, सर्टमुभिज, …

पुरा पढ्नुहॊस »

आर्थिक समृद्धि र विकासलाई केन्द्रमा राखेर अगाडि बढ्नुको विकल्प छैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार निजी क्षेत्रको क्रियाशिलता र योगदान अझ बढोस् भन्ने चाहेको बताएका छन् । काठमाडौं मंगलबार आयोजित नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभाको उदघाटनसत्रलाई सम्बोधन गर्दै उनले निजी क्षेत्र बलियो र शसक्त नभई मुलुक समृद्ध हुन नसक्ने र दीगो विकासको लक्ष्य प्राप्त गर्न पनि नसकिने बताए । यसप्रतिस्पष्ट रहेको र आवश्यक सुधार गर्न सरकार तयार रहेको उनको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले …

पुरा पढ्नुहॊस »

अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्छौँ : अर्थमन्त्री डा. महत

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएका समस्या समाधानमा सरकार केन्द्रित हुने बताएका छन् । आर्थिक मिडिया सञ्चालक सङ्घ (इमान) सँग अर्थमन्त्रालयमा भएको भेटमा उनले अर्थतन्त्रमा देखिएका सबैखाले समस्या समाधान गरी अर्थतन्त्रलाई लयमा ल्याउन सरकार लागिरहेको बताए । “अर्थतन्त्रमा देखिएका समस्या तत्काल समाधान गरी सकारात्मक सन्देश दिनेगरी सरकार लागिरहेको छ, मेरो ध्यान अर्थतन्त्र सुधारमा केन्द्रीत रहेको छ”, उनले भने । उनले अर्थतन्त्रमा लगानी, बैंकको ब्याजदर, पूँजीबजार र निजी क्षेत्रमा …

पुरा पढ्नुहॊस »

फोन पेले ल्यायो नयाँ वर्ष उपहार योजना

काठमाडौँ । नेपालको भुक्तानी प्रणाली सञ्चालक फोनपेले नयाँ वर्ष २०८० सालको उपलक्ष्यमा ‘फोनपे गर्ने हो! क्युआरमा उपहार जित्ने हो १’ योजना ल्याएको छ। चैत २९ देखि २०८० वैशाख ५ गतेसम्म नेपालभर लागू गरिएको यस योजनामा व्यवसायी तथा ग्राहकहरू सहभागी भई १ तोला सुन र स्कुटर प्राप्त गर्न सकिने कम्पनीले बताएको छ। योजना अवधिभित्र मोबाइल बैंकिङ एप वा वालेटबाट फोनपेको क्युआर प्रणाली प्रयोग गरी भुक्तानी गर्ने ग्राहकहरूले ‘लक्की ड्र’मार्फत इप्लुटो ब्रान्डको …

पुरा पढ्नुहॊस »