- किरण अधिकारी
सपना (नाम परिवर्तन)लाई केही समयअघि चिनिराखेको, कहिलेकाहीँ कुरा पनि हुने, एकजना पुरुष अधिकांशले चिन्ने र राम्रो मान्नेले फेसबुकको स्टोरी फोटोमा क्लिक गर्दै, धेरै राम्री आईलभयू, उम्ममाको संकेत दियो । सपनाले उक्त पुरुषलाई फेसबुकमा ब्लक गरिन् । जिस्काउनेलाई दोस्रो संकेत हुनै नदिन बाटो बन्द गरिन् ।
सरकारी इन्जिनियर किशोर (नाम परिवर्तन)लाई भारतकी एक युवतीले ट्वीटरमा फलो गरिन् उनले फलो ब्याक गरे । साथी बने, परिचय साटासाट भयो । सेल नम्बर पनि साटासाट भएसी, ह्याट्स एपमा च्याट हुन थाल्यो । एक रात ती युवतीले सर्वनग्नको प्रस्ताव गरिन् । च्याट अनुसार ती व्यक्ति सहमत भए । अर्को दिन बिहान भारतीय युवतीको फोन आयो । किशोरले खुशी हुँदै ‘हेलो’ भनेको केटाको आवाज सुनियो । तिमीले हिजो मेरी गर्लफ्रेण्डलाई नग्न पारेको र आफू नग्न भएको रेकर्ड छ, पुलिसकोमा उजुरी दिन्छु कि ५० हजार रुपैयाँ देऊ । यस्तो सुनेपछि किशोरले पनि सबैबाट ती युवतीलाई ब्लक गरे ।
सपना र किशोरजस्तै अधिकांश नारी एवं पुरुषले मनपरी च्याट गर्दा सीमाभन्दा बढी मनपर्दो शब्दले मारमा परेको देखिन्छ । समस्या समाधानका लागि सामाजिक सञ्जाल, नम्बरमा उक्त व्यक्तिलाई ब्लक गर्छन् । ब्लकले राम्रो भन्छ भने यसको विरुद्धमा आवाज नउठाउनु आफू डराउनु समेत रहेको अध्ययनले जनाएको छ (डब्लुएचओ, २०२२) ।
तथ्याङ्कअनुसार, विश्वभरमै जे मन लाग्यो त्यही म्यासेज फेसबुक, ट्विटर, हट्स एप लगायतका विभिन्न सामाजिक सञ्जालबाट कुरा गर्ने (च्याट) को प्रचलन छ । जुन वास्तविकता भएपनि अस्पष्टताका कारण अधिकांश मारमा पर्ने गर्छन् । च्याटमा जे मनपर्छ त्यही (जेपीटी)कै कारण यौन शोषणका साथै बलात्कृत हुनेमा सबैभन्दा बढी देखिएका छन् । विकसित, अल्पविकसित, विकासोन्मुख र अल्पविकसित देशमा यस्तो समस्या देखिएको छ । वास्तविकता नबुझ्नु र अस्पष्टताका कारण पनि समस्या देखिएको अध्ययनकर्ताको दाबी छ ।
एक रात ती युवतीले सर्वनग्नको प्रस्ताव गरिन् । च्याट अनुसार ती व्यक्ति सहमत भए । अर्को दिन बिहान भारतीय युवतीको फोन आयो । किशोरले खुशी हुँदै ‘हेलो’ भनेको केटाको आवाज सुनियो । तिमीले हिजो मेरी गर्लफ्रेण्डलाई नग्न पारेको र आफू नग्न भएको रेकर्ड छ, पुलिसकोमा उजुरी दिन्छु कि ५० हजार रुपैयाँ देऊ । यस्तो सुनेपछि किशोरले पनि सबैबाट ती युवतीलाई ब्लक गरे ।
तर न्याय प्रक्रिया जातीय र वर्गीय तथा च्याट रमाइलो पनि शक्तिशालीहरूकै पोल्टामा छ । यसको निवारणका लागि जेपिटी च्याट व्यक्ति, उद्देश्य, सामाजिक सञ्जालको बढ्दो क्रम, उपयोग र अस्पष्टता थाहा पाउनैपर्छ ।
यसै सन्दर्भमा उपलब्ध श्रोत–सामग्रीको अध्ययन पश्चात् कुनै व्यक्तिमा जेपिटी च्याट रमाइलोको लागि भएको/नभएको पत्ता लगाउन केही भ्रमपूर्ण धारणा सामाजिक सञ्जालमा सुनियो–पढियो भने त्यो मानसिक रोग र तिनको प्रभावकारिताको बारेमा थाहा पाउनुपर्छ । होइन भने सामाजिक सञ्जालको च्याट जेपिटी एउटा भाइरस जस्तै खतरनाक भएर फैलिन्छ भन्नेमा दुई मत छैन ।
यस सम्बन्धी कतिपय जनमानसमा व्याप्त केही धारणाहरूको बारेमा अलि स्पष्ट हुनु उचित हुन्छ । यस्ता भ्रामक तथ्य तथा सामग्रीहरू सामाजिक सञ्जालको च्याटमा मात्र नभएर विभिन्न वेबसाइटमा पनि यत्रतत्र भेटिने गर्छ । विश्वको एउटा नाम चलेको विश्वविद्यालय जर्मनी जिओ फस्टको वेबसाइटमा समेत जेपिटी च्याट, मनलाग्दी कुराले मान्छेलाई रमाइलो दिने उल्लेख गरेको छ । तर त्यसमा सीमा हुनेमा सबै सतर्क रहनुपर्छ ।
अप्रमाणित, काल्पनिक र भ्रामक कुराहरूको पछि लाग्नु हुँदैन । विज्ञान प्रमाणित र तथ्यसंगत कुराहरूमा मात्र विश्वास गर्छ, अप्रमाणित र काल्पनिक कुराहरूको विपक्षमा हुन्छ विज्ञान, जहिलेपनि जेपिटी च्याटको महामारीको समाधान पनि लाग्छ । सामाजिक सञ्जालको विकास पनि विज्ञानद्वारा नै भएको हो । यसले ल्याउने रमाइलो र समस्या पनि यसैबाट भएको हो । सतर्क नभएकैले जेपिटीले समस्या उचालेको छ ।
वास्तविक व्यक्तिले अस्पष्ट कुरा गर्दा समस्या बढ्दै गएको हो । उदाहरणको रूपमा आएका सपना र किशोरले ब्लक गर्नु समाधान होइन । यो आफूसँग भएको डर र गलतलाई अरूले थाहा नपाउन् भनेर भागेको संकेत मनोचिकित्सकको छ ।
वरिष्ठ कन्सल्टेन्ट साइक्याट्रिष्ट डा।वासुदेव कार्कीले “सपना र किशोर दुवै जेपिटी च्याटमा रमाए, च्याट साथीले आफूलाई हुने नराम्रो कुरा गर्दा ब्लक गर्नु नै कमजोरी हो । त्यही प्रमाणलाई सुरुमा आफूलाई नराम्रो लागेको सुनाउनुपर्छ । आफ्नो प्रस्तावलाई बेवास्ता गर्यो भने, प्रमाण लगेर प्रहरीका जान सकिन्छ । कानुन नै सबैभन्दा ठूलो हो । ऐन, नियम यत्तिकै बनेका छैनन् ।”
डा. कार्कीले मान्छे केही फुर्सदिला हुनुपनि जेपीटी च्याटले समस्या निम्त्याएको उल्लेख गरे । उनले थपे,“कसैलाई वाक्क लाग्यो भने, रमाउनका लागि गीत सुन्ने, नाच्ने, किताब पढ्ने, चित्र कोर्ने, घरका परिवार, बच्चासँग खेल्ने, जस्ता कुरा गर्ने गर्नुपर्छ । साथीको ग्रुपमा खाजा खान गयो, कोही साथी साथी गफ गर्दैनन्, मोबाइलमा व्यस्त, जेपिटि च्याटमा ।”
वास्तविक व्यक्तिले अस्पष्ट कुरा गर्दा समस्या बढ्दै गएको हो । उदाहरणको रूपमा आएका सपना र किशोरले ब्लक गर्नु समाधान होइन । यो आफूसँग भएको डर र गलतलाई अरूले थाहा नपाउन् भनेर भागेको संकेत मनोचिकित्सकको छ ।
वास्तवमा भन्ने हो भने, जेपिटी च्याट कम्युनिकेशसनका विद्यार्थीको खोजहरूबाट प्राप्त हुने सकारात्मक नतिजाको प्रतीक्षा गर्नुको विकल्प हामीसित छैन । समस्या बढ्दै जाँदा समाधानको बाटो न्यूनीकरण नै हुन्छ । जेपिटी च्याट अप्रत्याशित हुनसक्छ भन्नु गलत हो । जेपिटी च्याट कोरोनाको बेला विश्वमै फैलिएको जीवाणुजस्तै त्यस बेलादेखि नै बढी हुन थालेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । घरभित्र लामो समय बस्दा च्याटमा रमाउनेहरू अहिले पनि त्यसैमा रमाउँदा अश्लीलता बढ्न थालेको हो ।
यस्तै जेपिटीको संकेत नराम्रो मान्नुपनि कमजोरी हो । पूर्व बैकर्स तथा सेलेब्रेटेड पर्सन एवं नायिका प्रियंका कार्कीकी सासु रबिना देशराज श्रेष्ठले सेक्सी शब्द नबुझ्नु, आइलभयू नबुझ्नु चेतनाको कमजोरी रहेको उल्लेख गरिन् । उनले शैक्षिक पाठ्यक्रम, मिडियाको सन्देश बलियो नहुनुपनि जेपिटीको नकारात्मक असर रहेको बताइन् ।
श्रेष्ठले आफू विदेशमा हुँदा टु पिस डे«स लगाएर समुद्रमा रमाउँदा नकारात्मक सन्देशको संकेत आफूलाई ‘पठाउन त कसैले, तह लगाउन सक्छु,’ । आफूजस्तै सबै महिला पुरुष निर्धक्क हुन सक्यो भने समस्या नै नदेखिने बताइन् ।
समय परिवर्तनसँगै हुने विकासले ल्याउने समस्यामा रेडिमेड समाधान नहुन सक्छ र समाधानको लागि बृहत् खोज गर्नुपर्ने हुनसक्छ । यसैको आधारमा अस्पष्टताबाट पनि हामी मुक्त हुनैपर्छ । होइन भने नेपालको पूर्वी तराईमा बालिका, युवती एवं सुदूरपश्चिममा किशोरीको लास यत्तिकै फेला पर्दैन । पछि प्रहरीको अनुसन्धानबाट हत्या गरेको प्रमाण फेला फेला पर्छ ।
तथ्याङ्कले जेपिटी च्याटले यौनहिंसाको जोखिममा अनेक पुरुष तथा महिला रहेको देखाएपनि यसलाई कम गर्न पर्याप्त पहल भएको पाइँदैन । अल्पसंख्यक विरोधमा आएभने राजनीतिक र सामाजिक रूपमा शक्तिशाली वर्गले जाहेरी दर्तामै बाधा सिर्जना गर्ने, सकेसम्म मिलापत्र गराउन खोज्ने प्रवृत्ति छ । राज्य, समाज तथा सञ्चार माध्यमले खेल्ने भूमिकाका आधारमा पनि जेपिटी च्याट साइबर सेक्युरिटीमा आउन सक्छ ।
जेपिटी च्याटबारे सोच्ने र समाधान खोज्ने आवश्यकतासम्म पुग्ने हो भने समस्या कहिले र कतै पनि निस्कँदैन । अनि बारम्बार हिंसा सहिरहनुपर्ने अवस्थाले अल्पकालीन र दीर्घकालीन मनोवैज्ञानिक/मनोसामाजिक समस्याहरू जन्माइरहन्छ भन्ने पनि बुझ्नुपर्छ । व्यक्तिगत, शैक्षिक, सामाजिक, आर्थिक, राजनीतिक, विकासका दृष्टिले सबैलाई बलियो पार्ने हो भने जेपिटी च्याटमा कोही पर्दैन । काम, माम र दाममै सबै व्यस्त हुनेछन् । कोही मान्छेले कसैलाई भनेको कुरा नियाल्न नसक्दा र बुझ्न नसक्दा पनि जेपिटी समस्याको रूपमा उठेको छ ।
- नवीन सन्देशबाट




