काठमाडौं । न्यायाधीश भुवन गिरीलाई प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती करणीको आरोपमा श्रीमतीले दिएको जाहेरीका आधारमा प्रहरीले गिरीलाई मंगलबार पक्राउ गरेको हो ।
उनलाई काठमाडौंस्थित सामाखुसीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको माग अनुसार उनलाई पक्राउ गर्नका लागि पुर्जी जारी भएको थियो । श्रीमती आरती गिरी रावलले न्यायाधीश गिरीविरुद्ध वैवाहिक बलात्कार आरोपमा जिल्ला प्रहरीमा जाहेरी दर्ता गराएकी थिइन् ।
तपाईंको प्रतिकृया




