News desk

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार आज अमेरिकी एक डलरको खरिद दर १३१.०५ रुपैयाँ रहेको छ । बिक्री दर भने १३१.६५ रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज एक युरोको खरिद दर १४३.५० रुपैयाँ रहेको छ । बिक्री दर भने १४४.१६ रुपैयाँ रहेको छ । यस्तै, साउदी रियाल एकको खरिद दर ३४.९४ रुपैयाँ रहँदा बिक्री दर ३५.१० रुपैयाँ …

पुरा पढ्नुहॊस »

उपनिर्वाचन हुने क्षेत्रमा सार्वजनिक बिदा, मुग्लिन-मादी सडकमा सवारी निषेध

काठमाडौँ । प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन अन्तर्गत आज मतदान हुँदैछ । तनहुँ क्षेत्र नम्बर १, चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ मा मतदान साँझ ५ बजेसम्म जारी रहनेछ । तनहुँ १ का प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ का रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको हो । यता, चितवन २ का प्रतिनिधि सभा सदस्य रवि लामिछानेको नागरिकता विवादमा सांसद पद खारेज भएपछि …

पुरा पढ्नुहॊस »

‘आइएमई पे’ बाट बीमा नविकरण गर्दा १०० प्रतिशत क्यासब्याक पाइने

काठमाडाैं । ‘आइएमई डिजिटल सोलुसन लिमिटेड’ को ‘आइएमई पे’ बाट अब घरमै बसेर बीमा पोलिसी नविकरण गर्न सकिने भएको छ । आइएमई पेको बीमा सेवाको प्रयोग गरी केही मिनेट मै ग्राहकहरूले आफ्नो बीमा पोलिसी नविकरण गर्न सक्नेछन् । सो सेवा अन्तर्गत आइएमई लाइफ, एसियन लाइफ, अजोड इन्स्योरेन्स लगायत अन्य विभिन्न इन्स्योन्स कम्पनीहरूको बीमा पोलिसी नविकरण गर्न मिल्छ । लामो लाइन तथा अन्य झन्झटबाट ग्राहकलाई जोगाइ सजिलै बीमा नविकरण गर्ने उद्देश्यका …

पुरा पढ्नुहॊस »

आइएमई पे मा पहिलो पल्ट क्युआर भुक्तानी गर्दा २५ क्यासब्याक

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत “आइएमई डिजिटल सोलुसन लिमिटेड” को ‘आइएमई पे’ ले पहिलो चोटि क्युआर स्क्यान फिचर प्रयोग गर्ने ग्राहकलाई लक्षित गरी नयाँ अभियान सार्वजनिक गरेको छ । यस अभियान अन्तर्गत आइएमई पेबाट पहिलो पल्ट क्युआर कोड स्क्यान गरी भुक्तानी गर्ने ग्राहकले रु २५ क्यासब्याक प्राप्त गर्न सक्नेछन्। सो क्यासब्याक ग्राहकहरुलाई क्युआर भुक्तानी गर्न प्रेरित गरी विद्युतीय भुक्तानी गर्न प्रोत्साहन गर्न र वित्तिय साक्षरता प्रदान गर्ने उदेश्य ले सुचारु …

पुरा पढ्नुहॊस »

निजी क्षेत्रलाई नियन्त्रण गर्नेगरि कुनै कानुन बनाउँदैनौंः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निजी क्षेत्रलाई नियन्त्रण गर्ने गरी वा उद्योग–व्यवसायलाई नकारात्मक प्रभाव पर्ने गरी कुनै कानुन नबनाउने बताएका छन् । दिउँसो नेपाल उद्योग वाणिज्य महासङ्घका नव निर्वाचित पदाधिकारीहरूसँग बालुवाटारमा भेट्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । भेटमा प्रधानमन्त्रीले नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई समेत दिए । त्यस क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रलाई समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दायराभित्र राख्ने …

पुरा पढ्नुहॊस »

प्रभु बैंकले किसानलाई सहुलियत कर्जा दिने

अमिता लामा काठमाडाैं । प्रभु बैंक लिमिटेड, आर एण्ड डि इन्नोभेटिभ सोलुशन र इनफिकेयर प्रालिबीच किसानहरुलाई सुलभ बित्तिय कर्जा उपलब्ध गराउने विषयमा त्रिपक्षीय सम्झौता भएको छ। सम्झौता पत्रमा आर एण्ड डि इन्नोभेटिभ सोलुशनकी प्रमुख कार्यकारी अधिकृतसुनिता न्हेम्हाफूकी तथा इनफिकेयर प्रालिका निर्देशक सबिन मानन्धर र बैंकको तर्फबाट प्रमुख व्यापार अधिकृत दिनेश थकालीले हस्ताक्षर गरेका छन्। किसानहरुलाई सहज ढङ्गले बित्तिय कर्जा उपलब्ध गराउन प्रभु बैंक लिमिटेड, आर एण्ड डि ईन्नोभेटिभ सोलुशन र …

पुरा पढ्नुहॊस »

ओमानमाथि नेपालको सानदार जित, सन्दीपको विश्व किर्तिमान

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत नेपालले ओमानलाई ८४ रनले पराजित गरेको छ । नेपालले दिएको ३११ रनको लक्ष्य पछाएको ओमानले ४६.३ ओभरमा ९ विकेट गुमाउदै २२६ रन बनाएको थियो । ओमानका खेलाडी अकिब इलयास घाइते भएर ब्याटिंग गर्न नसकेपछि नेपालले खेल ८४ रनले जितेको हो । ओमानका लागि मोहमद नदीमले सर्बाधिक ६५ रन बनाए भने सन्दीप गोउडले ४६ रन बनाएका थिए । त्यस्तै आयान खानले २९, कश्यप प्रजापतिले २५, …

पुरा पढ्नुहॊस »

सर्वोच्चद्वारा सिंहदबार र राष्ट्रपति कार्यालयको फोहोर ३ दिनभित्र उठाउन आदेश

काठमाडौं – सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकालाई सिंहदरबार र राष्ट्रपति कार्यालयको फोहोर उठाउन आदेश दिएको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले आफ्नो आदेश प्राप्त गरेको मितिले तीन दिनभित्र फोहोर उठाउन अन्तरिम आदेश दिएको सर्वोच्च अदालतले जनाएको छ । अधिवक्ता पदमबहादुर श्रेष्ठले गत सोमबार दिएको रिटमा पहिलो सुनुवाइ गर्दै उक्त इजलासले यस्तो आदेश दिएको हो ।

पुरा पढ्नुहॊस »

काठमाडौंमा हावाहुरी र हल्का वर्षा (भिडियो)

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका केही ठाउँको मौसम आंशिक बदली भएको छ । दिउँसो उपत्यकामा हावाहुरीसहितको हल्का वर्षा भएको हो । वर्षा हावा चल्नाले उपत्यकामा रहेको प्रदूषणको मात्रा पनि घट्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको भनाइ छ । पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावका कारण हावाहुरीसहित वर्षा भएको हो ।

पुरा पढ्नुहॊस »

कोरोनाबाट १ संक्रमितको मृत्यु, १०६ संक्रमित थपिए

काठमाडौं । गत २४ घन्टामा नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्‍यु भएको छ । पछिल्लो २४ घण्टामा थप एकजनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार शुक्राबार मात्रै थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ८८३ नमुनामध्‍ये ५८१ जनाको पीसीआर परीक्षण गर्दा ६४ जना र १ हजार ३०२ जनाको एन्टीजेन परीक्षण गर्दा ४२ जना गरी १०६ जनामा कोरोना संक्रमण देखिएको …

पुरा पढ्नुहॊस »
This will auto close after