News desk

पत्रकारिता क्षेत्रका समस्या समाधान गर्न सरकार प्रतिबद्ध : सञ्चारमन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भएका कानुनको प्रभावकारी कार्यान्वयन, असान्दर्भिक कानुनको पुनरावलोकन, आवश्यक कानुन निर्माण र सोहीअनुरुप कार्यक्रम तर्जुमा गरी पत्रकारिता क्षेत्रका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । आठौँ राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै आमसञ्चारका माध्यमहरुलाई राष्ट्रिय उद्योग सरह मान्यता दिने, विज्ञापन नियमन गर्ने ऐनले निर्दिष्ट गरेका एकद्वार र समानुपातिक प्रणालीलाई व्यवस्थित गर्न नियमावली बनाउनेलगायत काम भइरहेको र अन्य केही महत्वपूर्ण कानुन निर्माणको …

पुरा पढ्नुहॊस »

यार्सा टिप्न गएका जुम्लाका तीन युवाको मृत्यु

काठमाडौं । हिम पहिरोमा परेर तीन जना मृत्यु भएको छ । शनिबार जुम्लाको पातारासी गाउँपालिका-२ निवासी ३५ वर्षीय वीरबहादुर बोहरा, ४० वर्षीया तारासी सार्की, ३५ वर्षीया पुन्न सार्कीको मृत्यु भएको हो । उनीहरूको मुगुको मुगुम कार्मारोङ्ग गाउँपालिका-२ च्यार्खु भन्ने लेकमा मृत्यु भएको जुम्ला प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताए । १६ जनाको टोली शनिबार यार्सा सङ्कलनका लागि उक्त स्थानमा गएको थियो । घटनाको थप विवरण आउन भने बाँकी रहेको जुम्ला …

पुरा पढ्नुहॊस »

संसद्को बर्खे अधिवेशन आजदेखि, यस्तो छ कार्यसूची

काठमाडौँ । संघीय संसद् (प्रतिनिधि र राष्ट्रियसभा) को बर्खे अधिवेशन हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरे बमोजिम अधिवेशन आज अपराह्न ४ बजे बानेश्वरस्थित संसद् भवनमा सुरु हुने तय भएको हो । संघीय संसद् सचिवालयका अनुसार अधिवेशनको पहिलो बैठकको सम्भावित कार्यसूचीमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको बेहोरा र राष्ट्रपतिको कार्यकालबाट प्राप्त मन्त्री पदमा नियुक्तिसम्बन्धी पत्रको बेहोरा बढेर सुनाउने छन् । सभामुखले आफ्नो अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यको मनोनयन गर्ने …

पुरा पढ्नुहॊस »

यस्तो छ आगामी तीन दिनको मौसमी जानकारी

काठमाडौँ । हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र अन्य प्रदेशका पहाडी भूभागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । राति भने कोशी प्रदेश, …

पुरा पढ्नुहॊस »

यसरी हेर्नुहोस् डिभीको रिजल्ट

काठमाडौं । अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा डिभीको रिजल्ट सार्वजनिक भएको छ । गत वर्ष (२०२२) मा भरेको डिभीको नतिजा सार्वजनिक भएको हो । अमेरिकी डिभी परे/नपरेको हेर्न ‘डिभी’ फारम भर्दाको ‘कन्फर्मेसन’ पेजमा भएको नम्बर, आफ्नो थर र जन्म मिति आवश्यक पर्छ । ब्युरो अफ काउन्सुलर अफेयर्सको वेब साइटमा गई आफ्नो नाम र कन्फरमेसन नम्बर राखेर नतिजा हेर्न सकिन्छ । नतिजा चेक गरेको पैसा लाग्दैन । इडिभी पर्यो कि परेन भनेर …

पुरा पढ्नुहॊस »

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि पूर्व गृहमन्त्री खाणले निकाले विज्ञप्ति

काठमाडौं । पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर प्रकाशित समाचारले आफ्नो चरित्रहत्या भएको बताएका छन् । शनिबार एक विज्ञप्ति जारी गर्दै नेता खाणले आफ्नो नाम जोडेर प्रकाशित भएका समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै आधारहीन, तथ्यहीन र संलग्न हुँदै नभएका घटनामा संलग्न भयो भन्दै र जाँदै नगएका स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्योल उत्पन्न हुने र व्यक्तिगत चरित्रहत्या हुने हुँदा यस्ता समाचार सम्प्रेषित नगरी …

पुरा पढ्नुहॊस »

सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारमा नजाने निर्णय गरेको छ । यस्तै हाल माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन पनि फिर्ता लिने रास्वपाले निर्णय गरेको छ । शुक्रबार पार्टी कार्यालय बसुन्धरामा बसेको केन्द्रीय समिति बैठकले पार्टी सरकारमा सहभागी नहुने र विपक्षी बेन्चमा बस्ने निर्णय गरेको हो । रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै अब प्रधानमन्त्री प्रचण्डले फेरि विश्वासको मत लिनुपर्ने भएको …

पुरा पढ्नुहॊस »

मिनेन्द्र रिजाल कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौँ । मिनेन्द्र रिजाल कांग्रेस केन्द्रीय समिति सदस्यमा मनोनीत भएका छन् । पार्टीका सभापति शेरबहादुर देउवाले रिजाललाई नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् । कांग्रेस विधानको दफा २१ (१०) अनुसार कम्तीमा दस वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य भएका केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट केन्द्रीय सभापतिले कार्यसमितिमा एक तिहाई सदस्य महिला हुनुपर्ने व्यवस्था, समावेशी सिद्धान्त र अपाङ्गता भएका वा अल्पसंख्यक वा …

पुरा पढ्नुहॊस »

देशभर १६२ जना कोरोनाका सक्रिय संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५७ जनामा गरिएको परीक्षणमा १७ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ५७ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर १६२ जना सक्रिय संक्रमित रहेका छन् ।

पुरा पढ्नुहॊस »

नक्कली भुटानी शरणार्थी प्रकरणः सहकारी सञ्चालकसहित थप ३ विरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थप ३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । केशव तुलाधर, हरिभक्त महर्जन र लक्ष्मी महर्जनको नाममा अदालतबाट पक्राउ पुर्जी जारी भएको हो । हरिभक्त महर्जन न्यूरोडको ताम्राकार कम्प्लेक्सस्थित दिया सहकारीको सञ्चालक समिति सदस्य हुन् । हरिभक्त र लक्ष्मीको नामको बैंक खातामा ५५ लाख नगद डिपोजिट भएको अनुसन्धानबाट थाहा भएको छ । ठगीमा संलग्न मुख्य योजनाकार सन्देश शर्माको आग्रहमा पीडित मध्येका गजेन्द्र बुढाथोकी र …

पुरा पढ्नुहॊस »