गणेश अवस्थी बने नबिल बैंकको डिजीएम

काठमाडाैँ । गणेश प्रसाद अवस्थी नबिल बैंककाे नायव महाप्रबन्धक (डीजीएम) पदमा बढुवा भएका छन् । बैंक सञ्चालक समितिको बैठकले अवस्थीलाई डीजीएममा नियुक्त गरेको हो ।

यसअघि बैंकको प्रमुख व्यापार अधिकृत अर्थात् सहायक महाप्रबन्धक रहेका अवस्थी डीजीएममा नियुक्त भएका हुन् । उनी सन् २००१ मा तत्कालिन एनआईसी बैंकबाट बैंकिङ करियर सुरु गरेका थिए । तीन वर्ष कुमारी बैंकमा ब्रान्च म्यानेजर भएर काम गरेका अवस्थीले सन् २००८ बाट ग्लोबल आइएमई बैंक आएका थिए ।

अवस्थीले १२ वर्ष ग्लोबल आइएमई बैंकमा पनि काम गरेको अनुभव छ । दुई दशक बैंकिङ अनुभव भएका अवस्थी अपरेशन, कर्पोरेट क्रेडिट र ब्रान्च म्यानेजमेन्टमा अब्बल मानिन्छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री