कोरोना संक्रमणबाट एक जनाको मृत्यु, एकैदिन थप १०६ संक्रमित

काठमाडौं । थप १०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभरबाट २४३६ नमूना परीक्षण गर्दा १०६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ४७६ र एन्टीजेनबाट १९६० नमुना परीक्षण गर्दा पीसीआरबाट ७४ र एन्टिजेनबाट ३२ को रिपोर्ट पोजिटिभ आएको हो । कोरोनाका कारण एक जनाको मृत्यु भएको छ ।

यो अवधिमा ४८ जना संक्रमित निको भएका छन् । हाल सक्रिय कोरोना संक्रमितको संख्या ४६९ पुगेको छ । मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री