आर्थिक समृद्धि र विकासलाई केन्द्रमा राखेर अगाडि बढ्नुको विकल्प छैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार निजी क्षेत्रको क्रियाशिलता र योगदान अझ बढोस् भन्ने चाहेको बताएका छन् ।

काठमाडौं मंगलबार आयोजित नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभाको उदघाटनसत्रलाई सम्बोधन गर्दै उनले निजी क्षेत्र बलियो र शसक्त नभई मुलुक समृद्ध हुन नसक्ने र दीगो विकासको लक्ष्य प्राप्त गर्न पनि नसकिने बताए । यसप्रतिस्पष्ट रहेको र आवश्यक सुधार गर्न सरकार तयार रहेको उनको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रको समस्या राम्ररी बुझेको बताउनुहुँदै आफूले सरकारको नेतृत्व सम्हालेको दिनदेखि नै संकटउन्मुख अर्थतन्त्रलाई कसरी चाडै सहज अवस्थामा ल्याउन सकिन्छ भनेर छलफल गरिरहेको बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

करेन्ट लगाएर माछा मर्ने क्रममा २६ वर्षीय विकासको मृत्यु

काठमाडौं । लमजुङमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवाको मृत्यु भएको छ । दोर्दी …

प्रतिकृया दिनुहॊस

This will auto close after